• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पूर्वमा ‘भोलि’ शब्द छैन्




रुकुम पूर्व भूमे गाउँपालिकामा नव नियुक्त कार्यरत कर्मचारी तथा वडा अध्यक्षलाई क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम शनिबार देखि चलेको छ ।

भूमे गाउँपालिकाको आयोजना र रुकुम पूर्व जिल्ला प्रशासनको सहजिकरणमा उक्त कार्यक्रम गरिएको हो । शनिबार प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो । शनिबार र आइतबार दुई दिन सम्ममा नव नियुक्त कार्यरत कर्मचारी तथा वडा अध्यक्षका लागि क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।

स्थानीय वडा र जिल्ला प्रशासन बिचको अन्तर सम्बन्धको बारेमा छलफल गरि नागरिकसंग जोडिएका दैनिकी सेवा प्रवाहमा समस्या रहेका त्यस समस्यालाई क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम मार्फत सहायता प्रदान गर्न कार्यक्रम आयोजना गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । स्थानीय वडा अध्यक्ष र नव नियुक्त कार्यरत कर्मचारीले दैनिकीय काम काजमा बोगि रहेका अफ्ठ्यारोपनलाई हल गर्ने उद्देश्यले तालिम आयोजना गरेको भूमे गाउँपालिकाले जनाएको छ ।

वडाबाट सञ्चालित हुने सेवा प्रवाह स्थानीय नागरिकले दुःख तथा झन्झटलाई कम गर्न तालिमको सहजिकरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनु भएको छ । तालिममा नागरिकताको सिफारिस, संघ संस्था दर्ता, सम्बन्ध विछेदको सिफरिस त्यसैगरि शान्ति सुरक्षा, विपद व्यवस्थापन आदि स्थानीय तह र प्रशासन बिचको अन्तर सम्बन्धबाट नागरिकलाई सहज तरिकाले सेवा प्रवाह हुने तालिममा विस्वास गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभएको छ ।

‘रुकुम पूर्व आफैमा नयाँ जिल्ला भएकोले सबै काम सुरुवातीको डौरानमा सबैको अन्तर सम्बन्ध मार्फत नागरिकलाई केन्द्र विन्दुको दृष्टिकोणमा राखि सहज र छरिटो सेवा प्रवाह गर्नु हो ।’ रुकुम पूर्वमा भोलि शब्द नै छैन् शर्माले भन्नु भो आएका सेवा ग्राहीको निम्ति साँझ टर्च बालि समेत काम गरिराखेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भएको छ ।

शनिबार तथा सार्वजनिक बिदामा आफ्नो कार्यक्रम नभएको खण्डमा नागरिकको घर दैलोमा आई रुकुम पूर्वका स्थानीय तहका समन्वयमा सेवा प्रवाह गर्ने गरेको शर्माले बताउनु भयो । दिन रात नभनि कन खटिराख्नु भएकै छ अझै काम गर्दा नागरिकले सहज तरिकाले सेवा दिएर जिल्लालाई नमूना जिल्ला बनाउनमा जनप्रतिनिधि तथा राष्ट्र सेवक कर्मचारीलाई काम गर्न भनाई शर्माले राख्नुभएको थियो ।

कार्याक्रमको अध्यक्षता भूमे गाउँपालिकाका सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक नमिता पुनको रहेको थियो । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, विशेष अतिथि भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर, उपाध्यक्ष मनकुमारी बुढा (विष्ट) अन्य अतिथिहरु सहायक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार शाह, बहुक्षेत्रीय पोषण योजना तथा खाद्य सुरक्षाका जिल्ला कार्यक्रम संयोजक सूर्य पौडेल लगायत गाउँ कार्यपालिका सदस्यहरुको पनि आतिथ्य रहेकोमा कार्यक्रमको सञ्चालन भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले गर्नु भएको थियो ।

Facebook Comments