• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा यौनधन्दा चलाएको आरोपमा होटल ब्यवसायी पक्राउ




तुलसीपुर उपमहानगरपालिका १४ घर भई तुलसीपुर ५ न्यूरोडस्थित न्यू फुलवारी होटल सञ्चालन गरी वस्ने थुमलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

यूवतीहरु राखी ललाई फकाइ एवं करकापमा पारी जवरजस्ती यौनधन्दा सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक जना पीडित महिलाको सूचना जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरवाटे खटिएको प्रहरी टोलीले उक्त होटल खानतलासी गर्ने क्रममा थप एक जना पीडित महिला समेत फेला पारी उनलाई उद्धार गरी चौधरीका श्रीमान श्रीमतीलाइ भने पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई मानव वेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अन्तरगतको कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments