• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णालीका अस्पताल विकास समिति अध्यक्षहरुलाई सपथ




कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीमा कम्युनिष्ट सरकार रहेको अनुभुति हुने गरी काम गर्न अस्पत्ताल व्यवस्थापन समितिका पदाधिकारीलाई निर्देशन गर्नुभएको छ ।

प्रदेश सरकार मातहत रहेका अस्पत्ताल व्यवस्थापन समितिका पदाधिकारीहरुको शनिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा वधाई दिदै मुख्यमन्त्री शाहीले अस्पत्तालवाट जनतालाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहको व्यवस्थापन गर्न निर्देशन गर्नुभयो ।

‘स्वास्थ्य सेवा जनताको मौलिक हक हो, नागरिकलाई यसको प्रत्याभुति दिलाउनु राज्यको दायित्व हो ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘कुनै पनि वहाना वनाएर यसवाट उन्मुक्ति पाउने छुट वर्तमान सरकारलाई छैन ।’

मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार रहेको वताउदै मुख्यमन्त्री शाहीले संविधान र ऐन कानुनको अभावले काम गर्न सकिएन भन्ने वहानावाजी अव नचल्ने वताउनुभयो ।
मुख्यमन्त्री शाहीले अस्पत्ताल व्यवस्थापन समितिको अध्यक्षले राजनीतिक नेतृत्व गर्नुपर्ने वताउदै स्वास्थ्य सेवाको अभाववाट कोही पनि नागरिक मृत्युको शिकार नवन्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । अस्पत्ताल व्यवस्थापन समितिको नेतृत्वको मुल्याँकन स्वास्थ्य सेवाको प्रभावकारिताका आधारमा गरिने वताउदै मुख्यमन्त्री शाहीले आफु नेतृत्वको अस्पत्ताललाई नमुना अस्पत्तालका रुपमा विकास गर्नुपर्ने दायित्व आएको वताउनुभयो ।

मुख्यमन्त्री शाहीले काम गर्दै जाँदा कानुनमा संशोधन गर्न सकिने वताउदै दृढ ईच्छाशक्ति सहित अस्पत्तालको रणनैतिक विकासको योजना सहित कामगर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा वोल्दै सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य सेवाप्रति कर्णाली प्रदेश सरकार गम्भीर रहेको वताउदै वजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिलेकै ढंगले काम गरेमा कर्णालीको स्वास्थ्य सेवालाई काठमाण्डौंको स्वास्थ्य सेवाको स्तरमा विकास गर्न ७० वर्ष लाग्ने वताउदै मन्त्री रावलले दृढ ईच्छाशक्तिका साथ तिव्र गतिमा स्वास्थ्य क्षेत्रको सुधारमा लाग्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा प्रदेश अस्पत्ताल सुर्खेतका अध्यक्ष र सदस्य सहित १० जिल्लाका जिल्ला अस्पत्ताल, सुर्खेत र जुम्लामा रहेका २ आयुर्वेदिक अस्पत्तालका व्यवस्थापन समितिका अध्यक्षहरुलाई नियुक्तिपत्र प्रदान गर्नुको साथै सामाजिक विकास मन्त्री दल रावलले सपथ ग्रहण गराउनुभएको थियो ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले नवनियुक्त अस्पत्ताल व्यवस्थापन समितिका पदाधिकारीलाई खादा सहित वधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया, सामाजिक विकास मन्त्रालयका सचिव मानवहादुर विश्वकर्मा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कानुन सचिव कलानिधि पौडेल लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments