• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘मितज्यू’को ब्राण्डमा दाङमा पहिलोपटक नेप्किन उत्पादन




दाङमा पहिलोपटक नेप्किन उद्योग स्थापना भएको छ । घोराहीमा ‘मितज्यू’ नेप्किन उद्योग स्थापना भएको हो ।

नेपाली समाजमा हराउँदै गएको मित शब्दलाई स्थापित गर्दैै आधुनिक सभ्यतासँग जोडिएको नेप्किन उद्योग स्थापना गरिएको सञ्चालक श्रीधर भुसालले जानकारी दिनुभयो । उहाँले जिल्लामा पहिलोपटक नेप्किन उत्पादन शुरु भएको बताउनुभयो ।

भुसाल र रामचन्द्र नेपालले उद्योग स्थापना गर्नुभएको हो । उद्योगले शुक्रवार पत्रकार सम्मेलन गरी उद्योगबारे जानकारी दिएको छ ।

उत्पादन बजारमा पठाउन शुरु गरिएको उद्योग सञ्चालक भुसालले बताउनुभयो ।

बाहिर जिल्लाबाट आउने उत्पादनभन्दा सस्तो मूल्यमा दिने र यसको आकार ठूलो रहेको उद्योग सञ्चालकहरुको भनाइ छ ।

Facebook Comments