दाङको राम्रीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २३ जनाको सम्झनामा आज काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । राप्ती बबई युवा मञ्च काठमाडौंको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
पुस ३ गते सल्यानको मूलपानीमा अध्ययन अवलोकनबाट फर्कने क्रममा सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको गाडी दु्र्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए । मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । दुर्घटनामा ज्यान गुमाएकाहरुको १३ औं दिनको पुण्य तिथिमा दीप प्रज्वलन गरिएको छ ।
तस्विरः महेश ओली
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।