• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षामन्त्रीको शोकपत्र लिएर मृतकको घरमा पुगे गौतम




शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतम शिक्षामन्त्रीद्वारा हस्ताक्षरित शोकपत्र लिएर मृतक शिक्षक र बिद्यार्थीहरुको घरमा पुगेका छन् ।

शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका बिद्यार्थी तथा शिक्षकहरु प्राक्टिकल कक्षाका लागि सल्यानको कपुरकोट र मुलपानीमा गएर दाङ फर्कदै गर्दा गत पौष ६ गते भएको भयानक गाडी दुर्घटनामा परि ज्यान गुमाएका शिक्षकको घरामै पुगेर सल्लाहकार गौतमले शिक्षामन्त्रीको शोकपत्र अभिभाबकहरुलाई हस्तान्तरण गरेका हुन ।

अभिभाबकहरुलाइ सहानुभूति तथा समवेदना दिने उद्देश्यले शोकपत्र लिएर मृतकका घर आँगनमै पुगेका सल्लाहकार गौतमले अभिभाबकहरु संग भाबुक हुदै भने – मैले राम्राका लागि दाङमा यो कलेज स्थापना गरे , केहि साथीहरुलाई जागिरमा जोडे ,केहि बिधार्थी भाइबहिनी हरुले पढ्दै थिए तर बिडम्बना यस्तो अप्रिय घटना घट्यो ।

शिक्षालयका कोर्डिनेटर केशरमान बुढाथोकीलाई साथमा लिएर मृतकका घरमा पुगेका गौतमले भने – यो दुर्घटनाबाट तपाइँ अभिभाबक तथा शिक्षालय परिवार प्रति पर्न गएको अपुरनिय क्षेतीको बारेमा शब्दमा बर्णन गर्न सकिन्न तर तपाई हामी धैर्य गर्नुको अर्को विकल्प छैन ।

Facebook Comments