• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शुल्क बृद्धि तत्काल फिर्ता लिन सभामुख महराको आग्रह




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो सेवा शुल्क बढाएकोे प्रति सभामुख कृष्णबहादुर महराले आपत्ति जनाएका छन् ।

सभामुख महराले भने, ‘जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने ठाउँमा चर्को शुल्क बढाएको प्रति म आपत्ति व्यक्त गर्दछु ।’ सर्वसुलभ स्वास्थ्य सेवा पाउनु आम नागरीकको अधिकार भएको उल्लेख गर्दै उनले प्रतिष्ठान नेतृत्वलाई यस विषयमा सचेत रहन आग्रह गरे ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अभियन्ता समेत रहेका महरा दाङ निर्वाचन क्षेत्र नं २ का निर्वाचित जनप्रतिनिधि समेत हुन् । प्रतिष्ठान दाङबासीको चाहना भएकाले जनतालाई नै अप्ठेरो पर्ने गरी शुल्क बृद्धि गर्न नहुने उनको भनाई छ ।

‘हामीले जतिसक्दो कम शुल्कमा जनताको स्वास्थ्य उपचार गर्नुपर्छ, तर एक्कासी प्रतिष्ठानले हाल कायम भएको शुल्क अत्याधिक बढाउँदा जनताहरु दुखित भएका छन्,’ महराले भने । प्रतिष्ठानको बढेको शुल्क घटाउनेतर्फ सबै सचेत भएर लाग्नुपर्ने उनको भनाई छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस अघि प्रदान गर्दै आएको सेवाभा भारी शुल्क बृद्धि गरेको छ ।

यस अघि सम्म सुत्केरी सुबिधा निसुल्क थियो । तर, अब भने सामान्य सुत्केरी गराउँदा ३ हजार रुपैयाँ, जटिल सुत्केरी गराउँदा ५ हजार र अप्रेसन गर्नुपरेमा १२ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

त्यसैगरी यस अघि २५ रुपैयाँमा हुने ओपिडी सेवा एक सय रुपैयाँ पुर्याइएको छ ।

यस अघि ३० रुपैयाँमा हुने इमर्जेन्सी सेवा बढाएर दुई सय रुपैयाँ पुगेको छ ।

यस बेड निशुल्क थियो । अब भने प्रतिदिन २ सय २० रुपैयाँ लाग्ने छ ।

यस अघि भिडियो एक्सरे ५ सय रुपैयाँमा हुन्थ्यो । अब भने भिडियो एक्सरेका लागि सर्वसाधारणले ६ सय रुपैयाँ तिर्नुपर्ने छ ।

त्यसैगरी यस अघि मुख्य सल्यकृयामा ५ हजार रुपैयाँ लाग्थ्यो । अब भने उक्त सेवाका लागि १२ हजार रुपैयाँ लाग्ने छ ।

यस अघि १५ सयमा भइरहेका मध्यम सल्लिकृयालाई बढाएर ६ हजार ५ सय पु¥याइएको छ । एक हजारमा हुने सामान्य सल्यकृयालाई बढाएर २ हजार ५ सय पु¥याइएको छ ।

त्यस्तै ल्याब सर्जरी बाफत १५ हजार, जनरल एनेस्थेसियाको ३ हजार ५ सय र स्पाइनल एनेस्थेसिको शुल्क २ हजार पाँच सय रुपैयाँ लाग्ने छ ।

यस अघि कुपोषित बालबालिकाहरुलाई मध्यनजर गर्दै बनाइएको पोषण गृहलाई प्रतिष्ठानले बन्द गर्ने प्रकृया शुरु गरेको छ ।

सो गृहमा विपन्नवर्गका कुपोषित बालबालिकालाई निशुल्क रुपमा आवास तथा खान सहित उपचार गरिदै आएको थियो ।

Facebook Comments