• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टोपी दिवसको अवसरमा दाङमा र्याली




राष्ट्रिय टोपी दिवस दाङमा पनि मनाइएको छ ।

पद्यमोदय क्याम्पस शिक्षक विद्यार्थी संमन्वय समीतिको आयोजनामा एक ¥यालीसहित टोपी दिवस मनाइएको हो ।

घोराहीको तुलसीपुर चोकको आइल्याण्डमा राखिएको पुरानो राष्ट्रिय झन्डालाई हटाइ क्याम्पसका शिक्षक रमेश घिमिरेको प्रयायोजनमा नयाँ राष्ट्रिय झन्डा राखिएको थियो । क्याम्पसबाट सुरु गरीएको ¥याली बैंक रोड, निमाहल रोड ट्रफिक चोक र तुलसीपुर चोक हुदै पुनः क्याम्पसमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष बमबहादुर डिसी, क्याम्पस प्रमुख निश्चल आचार्य, निवर्तमान क्याम्पस प्रमुख गोविन्दप्रसाद न्यौपाने, समन्वय समितिका निवर्तमान अध्यक्ष प्रेम ओली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र समितिका अध्यक्ष नन्दुकुमार खड्काले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण सचिव प्रतिक गोराथोकीले गर्नुभएको थियो ।
तस्विरः कुलदीप न्यौपाने

Facebook Comments