• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानको शुल्कबृद्धिको चौतर्फी बिरोध शुरु




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोलिदेखि कार्यान्वायनमा ल्याउन थालेको शुल्क बृद्धिको चौतर्फी बिरोध शुरु भएको छ ।

यसैक्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिको आज बसेको बैठकले शुल्क बृद्धि नगर्न माग गरेको छ ।

बैठकपछि संयोजक नारायणप्रसाद भुसालले विज्ञप्ति जारी गरी तत्कालको सेवा सुबिधाकै अवस्थामा शुल्क बृद्धि र तत्कालिन राप्ती उपक्षेत्रिय अस्पतालले दिदै आएको सेवा सुबिधामा गरेको कटौती नगर्न माग गर्नुभएको छ ।

त्यस्तै सेवा सुबिधाको कटौती र शुल्क वृद्धिको राष्ट्रिय जनमोर्चा दाङले पनि बिरोध गरेको छ । जिल्ला समिति दाङ देउखुरीले प्रेस बिज्ञप्ति मार्फत बिरोध गरेको हो ।

जिल्ला अध्यक्ष गणेश आचार्य द्वारा हस्ताक्षरित बिज्ञप्ती मा राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानले पाइरहेका सेबा सुबिधाको कटौती गर्ने र चर्को रुममा सुल्क वृद्धि गर्ने कुराले आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको जनाइएको छ ।

Facebook Comments