• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कैदीबन्दीलाई कम्बल वितरण




नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानले पुर्पक्षका लागि कैदीबन्दीलाई राहत स्वरुप कम्मल वितरण गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे, प्रमुख अनुसन्धान अधिकृत हेमन्त कार्की, रेडक्रस शाखा सभापती गुमानराज पुलामी, शाखा मन्त्री दामोदर शर्माको उपस्थितीमा २० थान कम्मल वितरण गरिएको रेडक्रस शाखा सभापती गुमानराज पुलामीले बताउनुभयो ।

अनुगमनको क्रममा कैदीबन्दीले सहयोग मागेका थिए सभापती पुलामीले भन्नुभयोे,‐‘केन्द्रको अनुमतीमा कम्मल वितरण गरेका हाँै ।’ मुद्धा किनारा नलागेका कैदीलाई वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‐‘चिसोको समयमा थुनुवालाई राहत मिल्ने उदेश्यले कम्मल वितरण गरेका हौँ ।’

कम्मल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले कैदीबन्दीलाई कम्मल सहयोगी गरि राहत दिएकोमा रेडक्रस शाखालाई धन्यबाद दिनुभयो ।

कारागारमा धेरै समस्या छन् । प्रजिअ गैहृेले भन्नुभयो,–‘कारागारमा रहेका समस्या समाधान गर्न पहल भईरहेको छ । ’

Facebook Comments