• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्गम गाउँमा जाउलो बनाउन सिकाइदै




रुकुम पूर्व भूमे गाउँपालिकामा वडा स्तरिय बहुक्षेत्रीय पोषण योजना तथा खाद्य सुरक्षा समिति गठन गरिएको छ । नेपाल सरकार बहुक्षेत्रीय पोषण योजना तथा खाद्य सुरक्षा योजना समितिले भूमेको सबै वडामा गठन गरिएको छ । आइतबार भूमे गाउँपालिकाका बहुक्षेत्रीय पोषण योजनाका स्वयमसेवक एलिशा सुनारको परिचालकमा उक्त समिति गठन गरिएको छ । वडा नम्बर ३ को वडा अध्यक्ष दिलमान रोकाको नितृत्वमा ११ सदस्य पोषण समिति गठन गरिएको हो ।

समितिमा वडाको वडा अध्यक्षको अध्यक्षतामा प्रत्येक विद्यालयको एक शिक्षिका, स्वास्थ्य स्वयमसेविका , स्वास्थ्य कर्मि विद्यालय व्यवस्थापन समिति अध्यक्ष त्यसैगरि दलित महिला वडा सदस्य, महिला वडा सदस्य, कृषि, पशु, खानेपानी तथा सरसफाई र बालबालिका समाज कल्याणबाट पनि एक एक प्रतिनिधि सहितको सम्बन्धित वडा सचिव सदस्य सचिव रहने गरि पोषण समिति गठन हुने गरेको भूमे गाउँपालिकाका बहुक्षेत्रीय पोषण योजना तथा खाद्य सुरक्षा कार्यक्रम स्वयमसेवक एलिशा सुनारले बताउनु भयो ।

समिति गठन गरेर टोल छनौट गरि काम सुरु गर्ने स्वयमसेवक सुनारले बतानु भयो । गर्वबटी महिला, कुपोषण बालबालिका, किशोर तथा किशारी र सरसफाईको ६ सुचकलाई काम पुरा गरि टोल–टोल घोषणा गरेर ५ वर्षमा सबै वडा पोषण तथा सरसफाई भएको घोषणा गर्ने उद्देश्य रहेको सुनारले जानकारी दिनु भयो । ‘सघन कार्याक्रम परेको आधारमा काम पुरा गर्दै जान्ने हो, सघन कार्याक्रममा स्वास्थ्य, कृषि विकास, पशुपन्छी विकास, खानेपानी तथा सरसफाई, शिक्षा, महिला, बालबालिका, समाज कल्याण र स्थानीय विकासले दिएको कार्याक्रम पुरा गर्दै जाने हो ।’

यी विषयगत काम कार्यान्वयन टोलबाट पुरा गरौँ भन्ने उक्त वडा पोषण तथा सरसफाई भइएको घोषणा गरिने सुनारले बताउनु भयो । अहिले भूमेको वडामा सघन कार्याक्रम परेको वडा नम्बर १,२,३,६,७ र ८ रहेका छन् । बाँकी ४,५ र ९ वडामा यो पटक सघन कार्याक्रममा नपरेको छ । उक्त कार्याक्रमको कार्यान्वयनको लागि यस आर्थिक वर्षमा १४ लाख बजेत वियोजन गरिएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनु भयो । आफ्नो बालबालिका संगसंगै घर परिवार सफा र सुन्दर बनाई भविष्यमा राम्रो दक्ष नागरिक बनाउनमा अभिभावकले आफ्नो जिमेवार पुरा गर्नुहुने छ अध्यक्ष बुढाले बताउनु भएको छ ।

सुआहाराले जाउलो सिकाई

रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित सुआहारा कार्याक्रमले जाउलो पकाउन सिकाई राखेको छ । शनिबार भूमे ३ क्याङ्सीमा सबै गाउँलाई बेला गरि बालबालिकाको लागि जाउलो पकाउने तरिका सिकाइएको थियो । आफ्नै खेतबारीमा आफैले उपज्जाएको अन्न, गेडागोडी, सागसब्जीबाट बच्चलाई कुपोषण हुन्नबाट रोक्न र बच्चा हस्ट पुस्ट भएर बच्चाको शारीरिक तथा मानसिक सन्तुलन तरिकाले बृद्धिविकास होस् भनि उक्त काम आमाहरुलाई टोल–टोलमा सिकाउने काम जारी रहेको सुआहाराले जनाएको छ ।

अहिले भूमे ३ नम्बर वडामा सिकाई रहेको र आगामी दिनमा अरु वडामा पनि कार्याक्रम सुरु गरिने बताइएको छ । बालबालिकाको मानसिक बृद्धि २ वर्ष भित्रमा ८० प्रतिशत बृद्धि विकास हुने भएकाले सर्वसाधारण आमालाई जाउलोको साथ–साथै अन्य सरसफाई सम्बन्धि सल्लाह, सुझाव दिने गरिराखेको पनि छ ।

विगत ५ वर्ष देखि भूमेको ३ वडामा कुपोषण भएका बालबालिकालाई पोषण सामाग्री सहयोग दिने गरेको स्थानीय आमाहरुले बताउ छन् । अहिले आफैले उब्जाएको खाद्यन्नबाट पोषण युक्त परिकार सिक्दा स्थानीयबासी खुसी भएका छन् ।

Facebook Comments