• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा महोत्सवको तयारी तीब्र




दोश्रो रोल्पा महोत्सवलाई सभ्य बनाउने विषयमा सरोकारवालाहरुसँग छलफल भएको छ । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा रोल्पाको सुलिचौरुमा हुन लागेको दोस्रो रोल्पा महोत्सवलाई थप सभ्य र भव्य बनाउनका लागी सर्व पक्षिय छलफल गरिएको हो ।

रोल्पा उद्योग वाणिज्य संघको आफ्नै हलमा कार्यक्रम सम्पन्न भएको हो । छलफल कार्यक्रममा रोल्पाको एक नगरपालिका र परिवर्तन गाउँपालीकाका अध्यक्ष वाहेक आठ वटै गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, राजनैतिक दलहरु, पत्रकारहरु लगाएतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

कार्यक्रमको अवसरमा रोल्पा वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दले प्रस्तावना पत्र पेश गर्नु गरेका थिए । जसमा महोत्सवका आवर्षण, महोत्सव अवधिमा हुने खर्च लगाएतको वारेमा कार्यक्रममा प्रस्तु गरिएको थियो ।

महोत्व संचालनका लागी ६१ लाख, ८५ हजार ५ सय रपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सुनिल स्मृति गाउँपालिका सुलिचौरमा सम्पन्न हुने ‘दोश्रो व्यवसायीक कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सब –२०७५’ को मुख्य आकर्षकका रुपमा रोल्पा जिल्लामा उत्पादन हुने विभिन्न स्थानीय बस्तु जस्तै यहाँका जडिबुटी, खाद्य वस्तुहरु, मकै, कोदो, फापर लगायत अन्य नगदेबालीहरु, सिमि, भाँङ्गो, जेल्वाङ, गाम, थवाङ तिरका आलु, अल्लो धागोबाट बनेका विभिन्न किसिमका वस्तुहरु, लगायत यहाँको संस्कृति अनुसारका बाध्यवादन, झाँकी, पैसारु नाँच हुने बताइएको छ । जसलाई विषेश प्राथमिकतामा राखिने बताइएको छ ।

महोत्सव माघ १८ देखि २४ गते सम्म संचालन गरिने आयोजकको भनाई छ । अध्यक्ष विश्व कुमार चन्दको संयोजकत्वमा महोत्सव मुल आयोजक समिती समेत गठन गरिएको छ ।

Facebook Comments