• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारीमा तीन किलोमिटर सडक उद्घाटन




रुकुम पश्चिम चाैरजहारी नगरपालिका वडा न. १२ मा मलामेडाँडा , सानाखाेला सडक खण्डको उद्घाटन गरिएको छ ।

कर्णाली प्रदेश सभा सदस्य गाेपाल शर्माले रिबन काटेर सडकको उद्घाटन गर्नुभएको हाे । चाैरजहारी नगरपालिकाकाे अार्थिक बर्ष २०७५/०७६ काे ४ लाख बजेटबाट ३ किलोमिटर सडक निर्माण गरिएको हाे भने वडामा गठित श्रम सहकारीले उक्त सडक निर्माण गरेको हाे । नगरपालिकामा चालू अार्थिक वर्षमा उद्घाटन हुने याे पहिलो सडक खण्ड हाे ।

स्थानीय चुनाव अघि एक पनि नाका नभएको उक्त वडामा अहिले ३ वटा नाका ( सडक ) खाेलिएकाे छ । सडक उद्घाटन गर्दै संसद शर्माले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो चाैरजहारी नगरपालिकाकाे अार्थिक बर्षकाे पहिलो सडक उद्घाटन गराउन वडा सफल भएको छ , हामी यसमा खुसी छाैँ , हामी हाम्रो तर्फबाट समृद्ध वडा हुदै समृद्ध नगर , जिल्ला बनाउनमा कटिबद्ध भएर लाग्नेछाैँ यसमा तपाईहरुकाे साथ अपरिहार्य छ ।

संसद शर्मा सँगै जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा , नगर प्रमुख बिशाल शर्मा , उप प्रमुख राधा राेका लगायतको उपस्थिति रहेको थियोे । स्थानीयले सडक उद्घाटनकाे क्रममा बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।

Facebook Comments