• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पार्टी भित्रका नराम्रा पक्ष सुधारेर जानुपर्छ: शर्मा




नेकपा ( नेकपा ) का केन्द्रीय सदस्य राजकुमार शर्माले सबै क्षेत्र भित्र नराम्रा पक्ष हुने भएकोले पार्टी भित्र पनि नराम्रा पक्ष भएको र त्यसलाई सुधारेर जानुपर्ने बताएका छन् ।

नेकपा रुकुम पश्चिमकाे पार्टी सुदृढीकरणकाे अभियान अन्तरगत चाैरजहारी नगरपालिका वडा न. ११ काे अन्तर क्रिया कार्यक्रम बाेल्दै उनले यस्तो बताएका हुन् । पार्टी कार्यकर्ता तथा जनताले उठाएका प्रश्नको जवाफ दिदै केन्द्रीय सदस्य शर्माले भने सरकार र पार्टीको अनुहार ऐनमा हेर्नुपर्ने अावश्यकता थियाे , त्याे ऐन जनता भएकोले जनतामाझ पार्टी सुधार तथा सुदृढीकरणकाे अभियान लिएर अाएकाे बताए ।

जिल्ला समन्वय समितिकाे प्रमुख समेत रहेका शर्माले भने जनप्रतिनिधि र पार्टी पंक्ति सधैं जनताका नाेकर हुन् , मालिक तथा जनताले अाफ्ना कामदारले नाेकरले सहि काम गरेका छन् कि छैनन् भनेर हेरचाह गर्नुपर्ने हुन्छ ।

उनले भने सिँहदरबारकाे अधिकार खाेसेर जनतामाझ ल्याएका छाैँ याे भर्खर शिशु छ यसलाई सिद्धयाउन केही तत्वहरु लागिरहेका छन् त्यसकारण यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हाे । हामी जिल्ला भर शिक्षामा बढी विकास गर्छाैं उनले भने किनकि हामीले अब वस्तुवादी शिक्षा लागू गर्न लागेका छाैँ ।

केन्द्रीय सदस्य शर्माले भने पार्टी एकताकाे प्रक्रिया तलसम्म अाउन ढिला भएको छ , केही कुरा मिल्न सकेको छैन् अब छिट्टै सहमति भएर एकता प्रक्रिया अघि बढ्छ । त्यस्तै कार्यक्रममा पार्टी कर्णाली प्रदेश सदस्य गाेपाल शर्मा , बिशाल शर्मा , ऋषिप्रसाद शर्मा , राधा राेका लगायतको उपस्थिति रहेको थियोे ।

Facebook Comments