• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब सुत्केरी गराउन शुल्क (शुल्कको सूचिसहित)




अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुल्क लगाउने । पर्सीबाट सुत्केरी गराउन तीनदेखि १२ हजारसम्म शुल्क लिइने ।

मंगलवार (जनवरी १) देखि भारी शुल्क बृद्धि गर्ने भएको छ । प्रतिष्ठानले तीन महिनाको प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

जसअनुसार अहिले २५ रुपैयाँ रहेको ओपिडीको शुल्क एक सय र ३० रुपैयाँ रहेको इमरेजेन्सीको शुल्क २ सय पु¥याइएको छ ।

अब सामान्य सुत्केरी हुँदा पनि तीन हजार शुल्क तिर्नुपर्ने भएको छ । त्यस्तै जटिल प्रकृतिको सुत्केरीका लागि पाँच हजार र शल्यक्रियाबाट सुत्केरी गराउँदा १२ हजार शुल्क तिर्नुपर्ने भएको छ ।
यस्तो छ शुल्कबृद्धिको सूचि

Facebook Comments