• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खानेपानी महासंघले सबै पालिकाका समिति बनाउने




खानेपानी तथा सरसफाई उपभोक्ता महाँसंघ (फेडवाशन) जिल्ला कार्यसमिति दाङको बैठकले स्थानीय तहसम्म महासंघलाइ विस्तार गर्ने निर्णय गरेको छ ।

अध्यक्ष ध्रुब ठकुरीको अध्यक्षतामा शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले महाँसंघकोे नँया सम्सोधित बिधान अनुसार स्थानिय तहमा स्थानीय खानेपानि तथा सरसफाई उपभोक्ता महासंघ (फेडवाशन)को गठन गर्ने गरी स्थानिय तहहरुमा तदर्थ समिती गठन गर्नको लागी खानेपानी तथा सरसफाई उपभोक्ता महाँसंघ जिल्ला कार्य्सिमितीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी दिएको छ ।

माघ मसान्तसम्म समिति गठन गरिसक्न दशवटै पालिकामा प्रतिनिधि खटाउने निर्णय भएको सहसचिव बलदेव मल्लले जानकारी दिनुभयो ।

जसअनुसार राजपुरमा जंगबहादुर चौधरी, गढवामा जंगबहादुर चौधरी र बसुन्धारा भुसाल, राप्तीमा गुरुप्रसाद ज्ञवाली र हुमाकुमारी मास्के, लमहीमा जंगबहादुर चौधरी, बंगलाचुलीमा बलदेव मल्ल र रमा पुन, घोराहीमा नारायणी योगी, गोमा आले र दानीमाया शाही, तुलसीपुरमा प्रकाश ओली, बबइ, शान्तिनगर र दंगीशरणमा मा देबेन्द्र कालाथोकी र टीकाराम भट्टराइलाई खटाइएको महासंघले जनाएको छ ।

Facebook Comments