• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती क्लबका खेलाडीलाई सम्मान




राप्ती क्लब घोराहीले खेलाडीलाई सम्मान गरेको छ ।

नवलपुर युवा क्लबले मंसिर २७ देखि पुस ६ गतेसम्म गरेको केशरसिंह श्रेष्ठ आमन्त्रण फूटबल प्रतियोगिता नवलपुर कप उपाधि जित्न सफल खेलाडीहरुलाई क्लबले सम्मान गरेको हो । उपाधि राप्ती क्लबले जितेको थियो ।

क्लबले शनिवार बाह्रकुने दहमा वनभोज तथा खेलाडी सम्मान कार्यक्रम गरी बिजेता १८ जना खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

क्लबका अध्यक्ष बसन्त पुरीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि खेल तथा शिक्षा क्षेत्रका अगुवा नारायणसिंह गुरुङ, बिशिष्ठ अतिथि वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डे, क्लबका सल्लाहकारहरु केदारराज श्रेष्ठ र मदनकुमार श्रेष्ठ र नवलपुर युवा क्लबका अध्यक्ष दीपक पुनले खेलाडी क्लबलाई बधाइ दिनुभएको थियो ।

सदस्य बिमल श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव श्याकुमार गिरीले गर्नुभएको थियो

Facebook Comments