• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घाइते तिलालाई २० हजार सहयोग, पत्रकार नेपाली सम्मानित




तीन वटा सरिया छिरेर घाइते भएकी तिला परियारलाई सुपरटोल बिकास संस्थाले सहयोग प्रदान गरेको छ ।

परियारको उपचारका लागि भन्दै घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित सुपरटोल विकास संस्थाले नगद २० हजार सहयोग प्रदान गरेको हो । संस्थाको शनिवार घोराहीमा सम्पन्न आठौँ अधिबेशन तथा १५औँ साधारणसभाका अबसरमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

गत असोज २१ गते दुर्घटनापरी घाईते भएकी घोराही उप–महानगरपालिका वडा नं. ३ झिंनीकी परियार अझै उपचार गराउँदै आउँनु भएको छ ।गत असोजमा उमेश मार्ग नजिक मोटर साईकलले ठक्कर दिदा तिलाको सरिरमा तीन वटा सरिया छिरेको थियो । उहाको काठमाडौ स्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर झण्डै दुई महिना डिस्चार्ज गरिएको थियो ।

तिलाको उपचारका लागि सहयोग गरेको भन्दै पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीलाई सम्मान गरिएको छ । दाङ देखि काठमाडौ सम्म पु¥र्याएर उहाँलाई नयाँ जीवन दिनका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै पत्रकार नेपालीलाई सम्मान गरिएको हो । उहाँलाई टोल विकास संस्था बाट १ हजार १ सय र स्थानीय किरण दाहालले ३ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्दै सम्मान गरिएको थियो ।संस्थाका अध्यक्ष शुसिला आचार्यको अध्यक्षता वडा नं. १५ सदस्य सनत श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न गरिएको थियो ।

साधारण सभामा बोल्ने टोलवासीले सडकमा लाईनिङ तथा गाडीपार्किङ व्यवस्था नहुदा दैनिक दुर्घटना बढेको वताउँनुभयो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष रश्मीराज पाण्डे, वलदेव योगी सल्लाहकार लिलाधर पन्थि लगाएतले बोल्नु भएको थियो ।

टोल विकास संस्थाको अध्यक्षमा गुप्ता

यसैविच संस्थाले माधव गुप्ताको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ उपाध्यक्षमा शान्ता घिमिरे, सचिवमा हरि खरेल, कोषाध्यक्षमा मित्रदेव अधिकारी चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा गोपाल घिमिरे, विश्वमाया धिताल, किरण दाहाल, थानेश्वर आचार्य र विनोद चौधरी चयन हुनुभएको छ ।

Facebook Comments