रुकुम पश्चिमको मुसीकोट नगरपालिका १३ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य भीमा सुनार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ ।
नेकपाले जिल्लामा थालेको ‘सुदृढ पार्टी, जनउत्तरदायी सरकार’ अभियानका क्रममा उहाँ कांग्रेस छाडेर नेकपामा प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपा नेताहरु शेरबहादुर केसी, बिमलकुमार पुन, नगरप्रमुख देबीलाल गौतमलगायतले पार्टी प्रवेश गराउनुभएको थियो ।
गत स्थानीय निर्वाचनमा यो वडामा वडा अध्यक्ष र एक सदस्य माओवादी केन्द्र तथा तीन सदस्य कांग्रेसबाट निर्वाचित थिए ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।