• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समूहमा काम: जग्गा भाडामा लिइ तरकारी खेती




रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर २ का कृषकले समूहमा काम सुरु गरेका छन् ।

त्रिवेणी बेमौसम तरकारी कृषि समूहले १० जनाको समूह गरि सामूहिकमा काम गत कात्तिक देखि काँक्रीमा काम सञ्चालनमा लिएका हुन् । त्रिवेणी बेमौसम तरकारी कृषि समूह भूमे गाउँपालिका कृषि शाखा कार्यालयमा उक्त कृषि समूह २१ जनाको पदाधिकारीमा दर्ता गरिएको समूहका सदस्य धर्मराज बुढाले बताउनु भयो । तर समूहमा काम बने २१ जना मध्यका १० जनाले मात्र सामूहिकबाट काम गर्न थालेको बुढाले बताउनु भयो ।

‘सामूहिक तरकारी खेती गरौँ भन्दा बाँकी सदस्यले सहमत नजनाए पछि तरकारी खेती गरेर बजारमा उपलब्ध गर्नको लागि आफूहरु सामूहिक तरकारी उत्पादन गर्नमा लागेको बताउनु हुन्छ ।’ विदेशमा काम गरेर पैसा कमाउने होइन आफ्नै घर गाउँमा नै आफ्नै खेतीपाटी गरेर पैसा कमाउने तथा आफ्नै काममा निर्भर रहेर पैसा कमाउने उद्देश्यका साथ यस काम सुरुवाती गरेको समेत बुढाले जानकारी दिनुभयो ।

अहिले तरकारी खेतीको लागि ८ सय वर्ग मिटर जग्गा भाडामा लिएका छन् । वार्षिक १२ हजार रकम जग्गा साँहुलाई भाडा दिने भएको समूहले जनाएको छ । नाफा नोक्सान १० जनाले मात्र व्यहोरने समूहले बताएको छ । कृषि शाखाले गत वर्षमा सिचाइको योजना दिएको थियो । उक्त सिचाइबाट बेमौसम तरकारी खेती उत्पादन गर्ने भएकोमा उक्त समूह खुसी भएका छन् ।

अहिले भूमे कृषि शाखाको ७५ प्रतिशत बिउको अनुदानमा काउली, रायो साग, भण्डा २\२ पेटीको बिउ । त्यसैगरि प्याजको बिउ आधा किलोको बेर्ना र लसुन १८ सय बेर्ना लगाइको उक्त समूहले जानकारी दिएको हो । सुरुमा यस कामबाट थालनी गरिएको र विस्तारै कृषि काममा बृद्धि गर्दै जाने समूहले जनाएको छ ।

भूमे कृषि शाखामा हाल सम्म २१ कृषक समूहले दर्ता गरि काम गरिराखेका छन् । हाल सम्ममा कृषि शाखाबाट विभिन्न कृषि समूहलाई तालिम, माटो परिक्षण, ७५ प्रतिशत अनुदानमा बिउ, सिचाई लगायतको कृषकलाई सल्लाह दिने काम भूमे कृषि शाखा कार्यालयबाट भैराखेको भूमे कृषि शाखाका प्राविधिक साहायक खिम बहादुर रोकायले बताउनु भयो ।

कृषकले उत्पादन गरिका जुनसुकै कृषिउपजलाई कृषि शाखाले नै किनिदिन्छौँ त्यसैले अरु बाँकी कृषकलाई पनि कृषि सम्ूह दर्ता गरि उत्पादनमा लाग्न प्राविधिक साहायक रोकायले जानकारी दिनु भएको छ ।

Facebook Comments