• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राम्री दुर्घटनाका पीडितलाई क्षतिपूर्ति दिन सांसद शर्माको माग




प्रतिनिधिसभा सदस्य रेखा शर्माले राम्री बस दुर्घटनाका मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभएको छ ।

उहाँले प्रतिनिधिसभा बैठकमा यस्तो माग गर्नुभएको हो ।

भर्खरै सञ्चालनमा आएको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु अवलोकन भ्रमण गरेर फर्कने बेला राम्रीमा दुर्घटनामा परेको, २३ जनाको निधन र १४ जना घाइते भएको सदनलाई जानकारी गराउँदै उहाँले घाइतेहरुको प्रभावकारी उपचारको माग गर्नुभयो ।

सरकारले निशुल्क उपचार गराउने भनिए पनि औषधि किन्नेलगायतका कठिनाइ देखिएकाले यसलाई प्रभावकारी बनाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै मृतकका परिवारलाई क्षतिपूर्तिको ब्यवस्था गर्न माग गर्दै उहाँले बर्षेनी हुने सवारी दुर्घटना रोक्न प्रभावकारी योजना बनाउनुपर्ने धारणा राख्नुभयो । सडक र सवारी साधनको अवस्थामा सुधार ल्याउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Facebook Comments