• २९ बैशाख २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानको दार्मामा पहिलोपटक विद्युत पुग्यो




जिल्लाको दार्मा गाउँपालिका मा पहिलोपटक बिधुत पुगेको छ । गाउपालिकाको वडा नं ६ चिफ्लेमा एक कार्यक्रमको अायोजना गरि बिधुतको उद्घाटन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष निम बहादुर के.सी. अरुण , गाउपालिका उपाध्यक्ष टीका शर्मा अोली र बिधुत प्राधिकरण सल्यान का प्रमुख अर्जुन पोख्रेलले सयुक्त रुपमा स्वीच दवाएर बत्ती बालेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रम मा बोल्दै अध्यक्ष के.सी. ले अाफूहरु जनताका अावश्कता हरु परिपूर्ति गर्न ईमानदार भई लागिरहेको र अाफ्नो कार्यकाल भित्रै दार्माका अाधा घरधुरीमा बिजुली पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

करिव ४३ लाखको लागतमा सम्पन्न गरिएको उक्त बिधुतिकरण योजना बाट पहिलो पटक १३ घरधुरीले बिजुली बाल्न पाउने छन भने यसै अार्थिक वर्षमा द्रुत गतिमा काम भएमा गाउपालिकाका अन्य अाधा जनसंख्याले बिजुली बाल्न पाउने कार्यक्रममा बोल्ने वक्ता हरुले बताएका थिए ।

Facebook Comments