• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा लखन थापा फुटबलको तयारी




दाङको घोराहीमा प्रथम सहिद लखन थापाको स्मृतिमा खुला क्लवस्तरिय फुटबल प्रतियोगीता हुने भएको छ । नेपाल मगर संघ दाङले फुटबल प्रतियोगीता हुने भएको हो ।

नेपाल मगर संघको आज घोराहीमा बसेको दोस्रो बैठकले फागुन २ गतेदेखि १५ गतेसम्म फुटबल प्रतियोगीता गर्ने निर्णय गरेको हो । त्यसका लागि संघका जिल्ला सचिब मुक्त बुढा मगरको संयोजकत्वमा प्रतियोगीता ब्यबस्थापन समिति गठन गरिएको छ ।

जसको सदस्यमा नरेन्द्र पुन, प्रेमबहादुर राम्जा, लक्ष्मण बुढा मगर, ध्रुब बाठा मगर, भिमकुमारी पुन, चमेली घर्ती मगर, शारदा पुन मगरलाई सदस्यमा चयन गरिएको छ । यस्तै नेपाल मगर युवा संघ र नेपाल बिद्यार्थी संघलाई पनि सदस्य तोकीएको छ ।

२०६३ सालबाट सुरु भएको प्रथम लखन थापा स्मृति फुटबल प्रतियोगीता २०६५ देखि स्थगीत भएको थियो । स्थगीत हुदै आएको फुटबल प्रतियोगीतालाई यस बर्षदेखि सञ्चालन गर्ने गरी नेपाल मगर संघले तयारी गरेको छ ।

प्रतियोगीता सफल पार्नका लागि प्रतियोगीता उपसमितिले काम गर्ने संघले जनाएको छ । संघका जिल्ला अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षता तथा संघका केन्द्रीय सदस्य दरजित रोका मगरको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले बोनम्यारो रोगबाट पिडित रोल्पा निबासी प्रेमबहादुर पुनको उपचारका लागि आर्थिक संकलन समिति गठन गरेको छ । जिल्ला अध्यक्ष खलुप्रसाद पुन मगरको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको हो ।

जसको सदस्यहरुमा नेत्रा घर्ती मगर, बेदलाल बुढा मगर, डिल्ली घर्ती मगरलाई सदस्यमा चयन गरिएको छ । यस्तै नेपाल मगर युवा संघ, महिला, बिद्यार्थी, साँस्कृतिक समितिलाई पनि सदस्यका रुपमा मनोनयन गरिएको छ ।

Facebook Comments