• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती शिक्षा क्याम्पसमा नव आगन्तुक विद्यार्थीको स्वागत




राप्ती शिक्षा क्याम्पस घोराही दांगले वी. एड. प्रथम वर्षमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुको स्वागत गरेको छ ।

सोही क्याम्पसमा बी. एड दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हरुले एक कार्य क्रमको आयोजना गरी प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । बी. एड. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी विमल बि.सी.को अध्यक्षता तथा क्याम्पस प्रमुख हुकुम बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा नर्सरीदेखि मास्टर डिग्रीसम्मका सयौँ विद्यार्थीहरु तथा दर्जनौ प्राध्यापकहरुले शोभा बढाइ रहेका थिए ।

राष्टिय गान बजाएर बिहान साढे सात बजे शुरु भएको कार्यक्रममा साढे दश बजेसम्म नृत्य, गीत संगीत, गजल कविता तथा कमिडीका साथ विद्यार्थीहरु झुमेका थिए भने क्याम्पसको वातावरण निकै उल्लासमय देखिन्थ्यो ।

प्रमुख अतिथिकोतर्फबाट मन्तव्य दिंदै क्याम्पस प्रमुख हुकुम बुढाथोकीले विद्यालय भनेको विद्यार्थीको साझा घर भएको र विद्यार्थी भनेका विद्यालयका शैक्षिक सम्पति भएकाले यी सम्पतिको उचित संरक्षण गर्नु आफूहरुको दायित्व हो भनि रहँदा विद्यार्थीहरु निकै गम्भिर बनेर सुनिरहेका थिए भने कसैका आँखामा हर्षका आँसु छचल्कि रहेका थिए ।

अर्को प्रसंगमा उहाँले अब पुरानो सुगा रटाइमा आधारित शिक्षाबाट दक्ष जनश्क्ति उत्पादन नहुने भन्दै आफूहरुले स्कुल क्याम्पसमाका सबै तहमा जिल्लामै पहिलो पटक प्रविधिमैत्री शिक्षाको शुरुवात गरेको र यसको अनुसरण गर्ने प्रवृत्ति बढेको भन्दै आफ्ना शिक्षक, विद्यार्थी सबैले यसको भरपुर प्रयोग गर्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

बी . एड. दोस्रो वर्षमा अध्ययनरत छात्रा विद्यार्थी प्रमिला बोहराको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा बी. एड प्रथम वर्षमा अध्ययनरत छात्रा आयुष्मा पाण्डेले सम्पूर्ण विद्यार्थीको तर्फबाट स्वागत ग्रहण गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण बी. एड दा्स्रो वर्षमा अध्ययनरत छात्र यमराज पाठकले गर्नु भएको थियो । हाल यस क्याम्पसमा स्नातक र स्नातकोत्तरमा गरी करिव छ सय बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

Facebook Comments