• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाटो निर्माणको विवादमा प्रहरीमाथि आक्रमण, नौ जना पक्राउ




रुकुम पश्चिमको चौरजहारी नगरपालिका ७ मा प्रहरीमाथि केही स्थानीयले आक्रमण गरेका छन् । सडक निर्माणमा अवरोध गरिरहेका स्थानीयलाई सम्झाउन गएको प्रहरीलाई स्थानीयले आक्रमण गरेका थिए ।

प्रहरीमाथि आक्रमण गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चौरजहारी नगरपालिका–७, मेलैनाउलीस्थित सडक निर्माणको क्रममा स्काभेटरको चावि खोसेर सडक निर्माणमा खटिएका कामदारलाई अवरोध गर्ने चौरजहारी नगरपालिका–४, का २८ वर्षीय निरक भण्डारी र सोही ठाउ“का ३० वर्षीय प्रकाश भण्डारी, चौरजहारी नगरपालिका–४, का ३३ वर्षीय चन्द्रबहादुर खड्का, ८ नम्वर वडाका २८ वर्षीय सविन बुढाथोकी, ८ नम्वर वडाकै ३२ वर्षीय बालाराम जैसी, चौरजहारी नगरपालिका–७, का बीरबहादुर कुमाल, सोही ठाउ“का ३२ वर्षीय खेमराज शर्मा, १४ नम्वर वडाका २३ वर्षका नरेश लामिछान्, र चौरजहारी नगरपालिका–७, का ३८ वर्षीय शंकर जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार स्थानीयको आक्रमणले एक हवल्दारसहित दुई प्रहरी घाइते भएका छन् । प्रहरी हवल्दार निर्मला विक र प्रहरी जवान टेकबहादुर बस्नेत घाइते भएका हुन् । स्थानीयले सिसाका बोतल लगायतका चिजले प्रहरीमाथि आक्रमण गरेको डिएसपी खड्काले बताए ।

मेलैनाउली–तिल्केझार–मनकोट विद्यालय हु“दै मनकोट गाउ“ पुग्ने सडक निर्माणको क्रममा मेलैनाउलीमा अवरोध गर्ने उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए । चौरजहारी नगरपालिकाले सडक निर्माणमा सहज गरिदिन आग्रह गरेपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सडक निर्माणमा सहजिकरण गर्न प्रहरी मेलैनाउली पुगेको थियो । सडक निर्माणमा अवरोध भएपछि सहजिकरण गर्न गएका प्रहरीमाथि आक्रमण भएको डिएसपी खड्काको भनाई छ । पक्राउ परेकाहरुले टोली कमाण्डरलाई नै हातपात गरेका थिए ।

चौरजहारी नगरपालिकाले सडक निर्माणको क्रममा ७ नम्वर वडाको श्रम सहकारी मार्फत उक्त सडक निर्माण गरिरहेको थियो । तीन किलो मिटर लामो सडकमध्ये ५० मिटर सडक निर्माणमा अवरोध भएको चौरजहारी नगर प्रमुख विशाल शर्माले बताए ।

आफ्नो खेतमा सडक निर्माण गर्न दिइन्न भनेर अवरोध गरेपछि प्रहरीले नियन्त्रणमा लिएको नगरप्रमुख शर्माको भनाई छ । सडक निर्माणमा अवरोध भएपछि २८ मंसिरमा निर्माण समितिले नै मुख्य सडक भत्काएर यातायात अवरुद्ध गरेको थियो । अवरुद्ध गरिएको मुख्य सडक मर्मत गरेर नया“ सडक बनाउन लागेको श्रम सहकारीलाई केही स्थानीयले अवरोध गरेपछि समस्या उत्पन्न भएको हो ।

Facebook Comments