• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चुनावी प्रतिबद्धता पूरा गर्दै स्थानीय सरकार, मुसीकोट १० मा स्वास्थ्य चौकी स्थापना




रुकुमपश्चिमको मुसीकोट नगरपालिका १० चुनमा वडा स्वास्थ्य चौकी स्थापना गरिएको छ ।

नगर र वडाको पहलमा स्वास्थ्य चौकी स्थापना गरिएको हो । चौकीबाट सेवा शुरुसमेत गरिएको छ ।

नगरपालिकाका प्रमुख देबीलाल गौतमले स्वास्थ्य चौकी उद्घाटन गर्नुभएको हो । सो क्रममा उहाँले सीमित स्रोत र जनशक्तिबाट शुरु गरिएको स्वास्थ्य चौकीलाई स्तरीय बनाउँदै लगिने बताउनुभयो । उहाँले सबै वडामा स्वास्थ्य चौकी स्थापनाका लागि पहल गर्ने पनि बताउनुभयो ।

आगामी साउनदेखि जनशक्ति बढाइने पनि उहाँले बताउनुभयो । उहाँले गाउँघर क्लिनिकका लागि तीन लाख रुपैयाँ बजेट छुट्याइएको र त्यसबाटै भवन बनाएर काम अघि बढाउन सुझाव दिनुभयो ।

उपप्रमुख प्रेमकुमारी सुनारले आधारभूत स्वास्थ्य नेपाली नागरिकको मौलिक हक भएकाले सेवा नपुगेका सबै ठाउँमा सेवा विस्तार गर्दै लगिने बताउनुभयो । उहाँले चुनावमा गरेका प्रतिबद्धता क्रमशः पूरा गर्दै लगिने पनि बताउनुभयो ।

वडा अध्यक्ष गोप्यश्वर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका प्रतिनिधि जीवन खड्का, कांग्रेस प्रतिनिधि महादेव खड्कालगायतले बोल्नुभएको थियो ।

स्वास्थ्य चौकी ब्यवस्थापन समिति सदस्य चुडामणि रोकायको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन स्वास्थ्य चौकीका इञ्चार्ज डिल्लीराज बोहराले गर्नुभएको थियो ।

Facebook Comments