• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सगरमाथा सिमेन्टको भवनमा आगलागी




घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्ट उद्योगमा आगलागी भएको छ। सगरमाथा सिमेन्टको सिएसपी भवनमा आगलागी भएको हो

घोराही उपमहानगरपालिका ३ गोग्लीमा रहेको उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको दाङ प्रहरीले जनाएको छ। उद्योगको निर्माणाधीन सिएसपी भवनको ३५ मिटर माथि बिजुलीको तार सर्ट भई आगलागी भएको दाङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

अहिले आगो पूर्णरुपमा नियन्त्रणमा आएको र कुनै पनि मानवीय क्षति नभएको उनले बताए। आगलागीबाट प्लाई, वल्डिङ मेसिन ५ वटा, ग्रिल मेसिन र ३ वटा ग्यास सिलिन्डरमा क्षति भएको जनाइएको छ।

Facebook Comments