• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
काम पूरा नहुँदै जीर्ण बन्न थाल्यो सहिदमार्ग




सहिदमार्गअन्तर्गत घोराही–होलेरी २९ किलोमिटर खण्ड कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको छ । बर्षातमा पूरै हिलाम्मे र हिउँदमा पूरै धुलाम्मे भएर यात्रा गर्ने यात्रुहरु सडक कालोपत्रे भएसँगै खुशी भएका छन् तर यो खुशी धेरै नटिक्ने देखिएको छ ।

दैनिक १ सय ५० को संख्यामा चल्ने सोनापुर सिमेन्ट उद्योगगका टिप्परका कारण कालोपत्रे पूरा नहुँदै सडक उप्कन शुरु गरिसकेको छ । यसले एकातिर कालोपत्रेमा खर्चेको राज्यको करोडौं लगानी खेर जाने खतरा बढेको छ भने अर्कोतिर नागरिकले हिलो र धुलोको यात्रा गर्नुपर्ने कष्ट नरोकिने देखिएको छ ।

कालोपत्रे सडकमा अहिले नै धुलो उड्न शुरु गरिसकेको छ भने ठाउँठाउँमा खाल्डा पर्ने क्रम पनि बढेको छ । भर्खरै कालोपत्रे गरिएको सडकमा यति चाँडै यस्तो अवस्था आउनुले स्थानीय चिन्तित छन् । गुणस्तरहिन सडक कालोपत्रे र सोनापुर सिमेन्ट कारखानाले आफ्नो औद्योगिक मार्ग प्रयोग नगरी सहिद मार्ग प्रयोग गर्दा यस्तो अवस्था आएको होलेरी निबासी देबेन्द्र बहराले बताउनु भयो ।

‘कालोपत्रे गरेको सडकलाई नियाल्ने हो भने अधिकांश ठाउँमा उप्किन थालेको छ, पहिलो कुरो त कालोपत्रे पनि त्यति गुणस्तर देखिएन भने अर्कोतिर टिप्परकै कारण बढी समस्या देखिएको छ ।’ स्थानीयले समयमै आवाज नउठाउने हो भने यो सडक धेरै दिन नटिक्ने उहाँको भनाइ छ ।

यो बिषयमा एकपटक घोराही उपमहानगरपालिकाका प्रतिनिधि र रुन्टीगढी गाउपालिकाका अध्यक्षबीच बैठक सोनापुर कारखानाले निर्माण गरेको आफ्नै बाटोमा गाडी चलाउनुपर्ने निर्णय गरे पनि यो कार्यान्वायन हुन सकेको छैन ।

सोनापुर सिमेन्ट कारखानाले आफ्नो बाटो निर्माण गरिसकेको छ भए पनि त्यसलाई प्रयोग नगरी सहिदमार्ग भएरै टिप्पर कुदाउने गरेको छ । कारखानाले आफ्नो औद्योगिक मार्ग प्रयोग नगरी सहिद मार्गकै प्रयोग गर्ने हो भने आफूहरुलाई गाडी चलाउन कठिनाइ हुने बस चालकहरु बताउँछन् ।

Facebook Comments