• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा माओको सम्झनाः घम्साघम्सी वैचारिक बहस




दाङमा आज चिनियाँ जनवादी क्रान्तिका नेता माओत्सेतुङकोका सम्झनामा अन्तक्र्रिया गरिएको छ ।

सो क्रममा विभिन्न बाम घटकहरुले घम्साघम्सी वैचारिक बहस गरेका छन् ।

बहसमा केहीले माओका योगदानलाई माओवादकै रुपमा लागु गरेर दश बर्षे जनयुद्धसमेत गरिसकेकाले योगदानको मात्रै बहस गर्नुभन्दा माओवादको विकासमा बहस गर्नुपर्ने बताए । केहीले माओ विचारधाराको रुपमा लिनुपर्ने बताए भने केहीले माओलाई प्रेरक व्यक्तित्वको रुपमा लिनुपर्ने बताउनुभयो । सबैमा सारमा माओका योगदान नेपालका लागि बढी सान्दर्भिक रहेको धारणा राखे ।

१२६ औं माओ दिवसका अवसरमा बाम सहकार्यका लागि साझा मञ्च दाङले बुधवार घोराहीमा गरेको ‘माक्र्सवादको विकासमा माओत्सेतुङको योगदान’ बिषयक अन्तक्र्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।

नेकपा मसालनिकट बुद्धिजीवी संगठनका पूर्वमहासचिव एवं विश्व कम्युनिष्ट आन्दोलनका अध्येता शशिधर भण्डारीले अहिलेको विश्वपूँजीवादको दबदबाब बढेको बेला माओको सर्वहारा सांस्कृतिक सिद्धान्त थप औचित्पूर्ण सावित भएको बताउनुभयो ।

कार्यपत्रमा टिप्पटी गर्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणि दुःखीले आफूहरुले माओका योगदानलाई माओवादकै रुपमा स्वीकार गरेर जनयुद्धसमेत गरिसकेकाले अब माओवादको थप विकासमा लाग्नुपर्ने बताउनुभयो ।

अर्का टिप्पणीकार राजमोका नेता सन्तबहादुर नेपालीले माओले गरेको प्रयोग विश्वमै नयाँ भएको बताउँदै नेपालमा पनि त्यही बाटो सान्दर्भिक हुने बताउनुभयो ।

प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष डा. अमर गिरीले माओको सांस्कृतिक क्रान्तिको सिद्धान्तलाई नेपालमा लागु गरेर जानुपर्ने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले पार्टी एकतापछि माओवाद छलफलकै क्रममा रहे पनि माओवादकै आलोकमा जनयुद्ध गरेर गणतन्त्र स्थापित गरेकाले नेपालमा माओवाद सर्वस्वीकार्य बनेको बताउनुभयो । उहाँले माओले चीनमा जनयुद्धबाट जनवादी क्रान्ति पूरा गरेपछि समाजवादी क्रान्तिमा जान चाहेको उल्लेख गर्दै आफूहरुले पनि जनयुद्धको बलमा जनवादी क्रान्ति पूरा गरेको र गणतन्त्र सुदृढ गर्दै समाजवादको बाटोमा अघि बढ्ने बताउनुभयो ।

कार्यक्रम संयोजक रामप्रसाद जैशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मसाल दाङका प्रवक्ता भरत भण्डारी, नयाँ शक्तिका केन्द्रीय सदस्य धिरज श्रीपाली, नेकपाका जिल्ला सदस्य रुद्रबहादुर ओली र नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी चौधरीले बोल्नुभएको थियो । शंकर पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन लेखराज रेग्मीले गनुृभएको थियो ।

Facebook Comments