• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओ दिवसमा प्रचण्डको अहिलेसम्मकै छोटो विज्ञप्ति




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२६ औं माओ दिवसमा अहिलेसम्मकै छोटो विज्ञप्ति जारी गर्नुभएको छ ।

माओवादकै आलोकमा दश बर्षे जनयुद्धको एकछत्र कमाण्डर बनेका प्रचण्ड पछिल्लो पार्टी एकतापछि यति छोटो विज्ञप्ति जारी गर्ने अवस्थामा पुग्नुभएको हो । एकतापछि पार्टीले माओवादलाई पथप्रदर्शक सिद्धान्तबाट हटाएको छ । यद्यपि उहाँले छोटो विज्ञप्तिमार्फत नेता माओलाई सम्झने प्रयास गर्नुभएको छ ।

यस्तो छ उहाँको विज्ञप्ति
चिनियाँ नयाँ जनवादी क्रान्तिका महान् नेता कमरेड माओ–त्सेतुङको जन्म दिवसका अवसरमा संसारभरका मुक्तिकामी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभयो । माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय छ ।
– पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

Facebook Comments