• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सांस्कृतिक कार्यक्रम घाटामा, खल्तीको रकमले शैक्षिक सामग्री प्रदान




सामाजिक सेवाको उद्देश्यले घोराहीमा एक संस्थाले वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्यो तर राम्री बस दुर्घटनाका कारण जिल्ला शोकमा डुबेपछि कार्यक्रमले अपेक्षित सफलता प्राप्त गर्न सकेन ।

भूमिका गिरी, भागिरथ चलाउने, सागर आले ब्याण्डलगायतका कलाकार ल्याएर कार्यक्रम गर्दा गरीब तथा अनाथ बालबालिका सेवा केन्द्र नेपालको तीन लाख १० हजार खर्च भयो । तर, कार्यक्रमबा टिकट बिक्रीबाट एक लाख १० हजार मात्रै रकम संकलन भयो ।

कार्यक्रममा दुइ लाख घाटा भए पनि संस्थाले जिल्ला प्रशासनबाट अनुमित लिंदा गरेको सहमति पालना गर्दै घोराहीस्थित बालमन्दिर प्राविका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।


संस्थाका अध्यक्ष पञ्कजकुमार बुढाले विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।

‘हामीले निकै ठूलो तयारी गरेर कार्यक्रम गरेका थियौं, सबै कलाकार दाङ आइसकेपछि देशलाई शोकमा पार्ने गरी राम्रीमा बस दुर्घटना भयो’– उहाँले भन्नुभयो– ‘हामी कार्यक्रमबाट दुइ लाख रुपैयाँ घाटामा गए पनि पूर्वप्रतिबद्धताअनुसार शैक्षिक सामग्री भने वितरण गरेका छौं, हामीले खल्तीबाटै दुइ लाख रुपैयाँ त घाटा ब्यहोर्नुपर्ने भयो भने बालबालिकालाई दिन्छौं भनेको किन नदिनु भनेर त्यो सहयोग पनि खल्तीबाटै गरेका छौं ।’

आफूहरु यसपटक घाटामा गए पनि यो पहिलो कार्यक्रम भएको र बिशुद्ध सामाजिक सेवाका लागि कार्यक्रम गर्ने भएकाले आगामी दिनमा थप उत्साहका साथ बालबालिकाको हितमा लाग्ने पनि उहाँले बताउनुभयो ।

रुकुमपूर्वको चुनवाङ निवासी बुढासहित उत्साहित युवाहरुले संस्था दर्ता गरेर बालबालिकाको क्षेत्रमा काम गर्न थाल्नुभएको छ ।

Facebook Comments