• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँका आमाहरु सक्रियः रकम कम, नमूना काम




विभिन्न गाउँमा आमा समूह गठन गरिको छ । आमा समूहले विविध सामाजिक काम गरिराखेको छ । त्यस्तै २०७२ पौष महिनामा गरिवी निवारण कोष र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र ( मिक नेपाल ) को साझेदारीमा भूमे गाउँपालिका वडा नम्बर २ गाबाङमा दुई आमा समूह गठन गरिएको थियो ।

हरियाली आमा समूह र सल्लेरी आमा समूह गठन गरिएको छ । तिन वर्षको अन्तरालको सम्ममा विभिन्न काममा सक्रियताका साथ काम गरिराखेका छन् । सल्लेरी आमा समूहमा ११ सदस्यको समूह छन् । अहिले यी आमा समूहले सामूहिक काममा सक्रिय रहेको पाइन्छ । समय अनुसारको काम गरिराखेका छन् ।

आज भोली गाउँमा सोतर, दाउरा गर्ने काममा गाउँका मान्छे अस्ट व्यस्ट रहेका छन् । सल्लेरी आमा समूहले पनि सामूहिक काम सोतर, दाउरा गर्नेमा पराय समय शनिबारको दिन काम गरिराखेको सल्लेरी आमा समूहका अध्यक्ष इखमाया बुढाले बताउनु भएको छ । प्रत्येक महिनाको २६ गतेको दिन बैठक बस्ने गरेका छन् । उक्त बैठकमा आफ्नो समूहका कामको पनि समिक्षा गर्ने र प्रत्येक व्यक्तिबाट समूहको कोषमा रु ५० रुपियाँ समूहको कोषका लागि बचत गरिराखेको अध्यक्ष बुढाले बताउनु भएको छ ।

आमा समूहले सोतर, दाउरा, मल बोक्ने जस्ता गाउँका काममा आमा समूहद्धारा सामूहिक काम गरिराखेको अध्यक्ष बुढाले बताउनु भएको छ । “एक दिनको काम गरे बाफतको प्राश्रर्मिक ५ सय रकम मात्र लिने गरेको छौँ । अहिले गाउँमा एक दिनमा एक व्यक्तिको प्राश्रर्मिक ४ सय रुपियाँ रहेको छ ।”

हामीसंग काममा लगाउने प्रर्याप्ट रकम हुदैँन तर आमा समूह ११ जना छौँ दिनको ५ सय रकममा प्रत्येकको घरमा आलोपालो गरि काम गरिराखेका छौँ अध्यक्ष बुढाले बताउनु भयो ।

त्यस्तै गाउँ घरको झै–झगडालाई मिलप, गाउँ सरसफाई, आमा समूहका सदस्यलाई दुःखलाई समूहबाट नै सल्लाह सुझाव दिई समस्यको समाधान गर्ने गरेका छन् । आमा समूहको कोषको रकम सस्तो व्याजमा पाउदा कम रकममा काम गरेको र गाउँको निम्ति चेतनामूलक कार्यक्रम आमा समूहले गरेको काम प्रति गाउँ अत्यन्तै खुसी रहेको भूमे गाउँपालिकाका वडा नम्बर २ का वडा सदस्य मदन कुमार बुढाले बताउनु भयो ।

सल्लेरी आमा समूहको कोषमा अहिले १२ हजार रकम रहेको बताइएको छ भने हरियाली आमा समूहमा २९ जनाको सदस्य रहेका छन् । प्रत्येक महिनाको २५ गते बैठक बस्ने गरेको आमा समूहले जनाएको छ ।

बचत कोषमा १ लाख रकम बराबरको रकम व्याजमा लगानी रहेको अध्यक्ष जुनमाया बुढाले बताउनु भयो । दुई आमा समूहले नै मिक नेपालले समूह गठन गरिदिए देखि सहयोग तथा सल्लाह समेत नगर्दा आफूहरु मिक नेपाल प्रति गुनासो गरेका छन् । कुनै ठाउँका आमा समूहलाई सहयोग अनुदानमा विभिन्न काम गरिदिएको तर यो दुई समूहलाई केहि अनुदान नगरिदिएको बताउनु हुन्छ हरियाली आमा समूहका अध्यक्ष जुनमाया बुढाले ।

अहिले रुकुम पच्छिम र पूर्व गरि ८५–९० ओटा आमा समूह गठन गरिएको मिक नेपालका अध्यक्ष भिउमान घर्ति मगरले बताउनु भयो । यी भित्रका आमा समूहलाई २ करोड बराबरको सहयोग अनुदान गरिदिएको अध्यक्ष घर्तिले बताउनु भयो । त्यहि मध्यका आमा समूह ८,९ ओटा मात्र अनुदान पाउनबाट छुत्यका अध्यक्ष घर्तिले जानकारी दिनुभयो ।

‘तर त्यति बेला केहि खटाएका सामाजिक परिचालकले बिचमौ काम नगरेको खण्डमा अनुदान पाउनबाट छुत्यको अबको जनवरी अर्थात यहि पौष माघ महिनाबाट सक्रियताको आधारमा अनुदान दिने हो ।’ अनुदानमा आयआर्जन हुने खालमा अनुदान जस्ता सामाजिक कार्यका लागि सहयोग अनुदान गरिराखेको अध्यक्ष घर्तिले बताउनु भएको छ ।

गठन गरिएको आमा समूहले राम्रो जनहित काममा लागि रहेको र अझै पनि थप सामाजिक परिचालक खटाइ विभिन्न नयाँ कार्यक्रम ल्याउन लागेकोले चिन्त्ता नलिन सबै आमा समूहलाई जानकारी अध्यक्ष घर्तिले दिनु भएको छ ।

Facebook Comments