• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णाली प्रदेशलाई विश्वकै नमुना बनाउँछौंः मुख्यमन्त्री




कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै नमुना बनाउने गरी काम भैरहेको बताएका छन् ।

जिल्ला क्रिकेट संघ रुकुमले रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरेको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगीताको उद्घाटन गर्दै मुख्य मन्त्री शाहीले यस्तो बताएका हुन् । प्रचुर सम्भावना हुँदा हुँदै पनि कर्णाली प्रदेश विकासमा पछाडि परिरहेको अवस्थामा समृद्धिका लागि प्रदेश सरकार योजनाका साथ अगाडि बढिरहेको उनको भनाई छ ।

‘कर्णालीमा विकासको कति सम्भावना छ भनेर सबैलाई थाहै छ, उनले भने–यहाँको सम्भावनालाई उपयोग गर्दै कर्णालीलाई विश्वकै नमुना बनाउँनका लागि हामि लागि परेका छौं ।’ यसै अनुसार बजेट तथा योजना निर्माण भैरहेको पनि उनले जानकारी गराए । साथै उनले नेपालको भाषा सहित संस्कृतिको इतिहाँस कर्णाली संग जोडिएको बताए ।

सरकार सरकार विचमा द्धन्द सृजना हुनुहुदैन
कार्यक्रममा उनले सरकार सरकार विचमा द्धन्द सृजना गर्ने काम हुन नहुने पनि बताए । स्थानीय, प्रदेश र संघीय सरकार विचमा समन्वय हुन नसकेका सरकारले लिएको समृद्ध नेपाल, सुखि नेपालीको सपना पुरा नहुने उनले बताएका छन् । के के काम कुन कुन सरकारले गर्ने हो भनेर निश्चित भएमा विकास गर्न सहज हुने उनको भनाई छ ।

‘स्थानीय सरकारले के गर्ने, प्रदेश सरकारले के गर्ने र संघीय सरकारले के गर्ने भनेर निश्चित हुन जरुरी छ, उनले भने–कसले के गर्ने भनेर पुर्ण रुपमा निश्चित हुन नसकेकाले पनि सरकार सरकारका विचमा द्धन्द्ध सृजना भैरहेको छ ।’

खेललाई आर्थिक समृद्धि संग जोडौं
मुख्यमन्त्री शाहीले खेललाई आर्थिक समृद्धि संग जोड्नुपर्नेमा जोड दिएका छन् । खेल स्वास्थ्य, मनोञ्जन र प्रतिस्पर्धाका लागि मात्र नभई आर्थिक विकासको समेत आधार रहेको बताए । खेललाई आर्थिक विकासका लागि प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

भुगोल, हावापानी र वातावरणका आधारमा नयाँ नयाँ खेलको विकास गर्दै अगाडि बढ्न सके त्यसले आर्थिक विकासमा टेवा पर्याउने उनले बताए । साथै उनले निजि क्षेत्रबाट हुने खेलकुदका कार्यक्रममा सहकार्य गर्न सरकार तयार रहेको समेत बताए ।

Facebook Comments