• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा माओ दिवस मनाइने, उपस्थित हुन आग्रह




चिनियाँ जनवादी क्रान्तिका नेता माओत्सेतुङको १२६ औं जन्म दिवस भोलि पुस ११ गते नेपालमा पनि मनाइदैछ ।

माओवाद र विचारधारा मान्ने कम्युनिष्ट घटक तथा विभिन्न संस्थाहरुले माओ दिवसको अवसरका बिबिध कार्यक्रम गर्दैछन् ।

यसैबीच दाङमा अन्तक्र्रिया हुँदैछ । बाम सहकार्यका लागि साझा मञ्च दाङको आयोजनामा ‘माक्र्सवादको विकासमा माओत्सेतुङको योगदान’ बिषयक कार्यक्रम हुँदैछ ।

मञ्चका संयोजक सुशील गौतम र कार्यक्रम संयोजक रामप्रसाद जैशीले विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघमा विहान ११ बजे शुरु हुने कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा शशिधर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने सन्तबहादुर नेपाली, हिरामणि दुःखलगायतले टिप्पणी गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments