• १४ बैशाख २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गजल– मेरो देशमा





देख्छु उदाउदा घाम अनि हिमाल यसरी मेरो देशमा।
देख्छु खोलानाला ताल झरना सुन्दरी मेरो देशमा।

गर्भ लाग्छ मलाई मेरो प्यारो देश नेपालमा जन्मदा,
हिमाल पहाड तराइ नाता छ अजम्बरी मेरो देशमा।

कतै चौरी त कतै गैडा हेरौ हेरौ लागी रहन्छ मनमा,
विश्वमा नपाइने नया प्रजातिका चराचरी मेरो देशमा।

चार जात छत्तीस वर्णले बनेको छ मेरो देश बिशाल,
भाषाधर्म कलाकृती पाइन्छ अनेकथरी मेरो देशमा।

खान्छु आटो लगाउछु दौरासुरुवाल आनन्द छ मनमा,
डराउदैन कसैसँग बस्ने छु ठाडो सिरगरी मेरो देशमा।
निसिखोला गाउँपालिका-४
बाग्लुङ

Facebook Comments