• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस काउन्सिललाई प्रदेशसम्म विस्तार गर्न महासंघको माग (केन्द्रीय समिति बैठकका निर्णयसहित)




नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस काउन्सिललाई प्रदेशस्तरमा पनि गठन गर्न माग गरेको छ । धनकुटामा बसेको बैठकले यस्तो माग गरेको हो ।
यस्ताछन् महासंघका निर्णयः
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७५ पुस ६ र ७ गते धनकुटामासम्पन्न भएको छ । बैठकले पुस ४ र ५ गते विराटनगरमा आयोजित महासंघको राष्ट्रिय सम्मेलनको भावना अनुरुप निम्न निर्णयहरु गरेको छ ।

१. पुस ४ र ५ गते विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले दिएको म्यान्डेटलाई पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरेको ।

२. नेपालको संविधान २०७२ मा उल्लेख प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति र नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय व्यवस्था अनुसार प्रेस स्वतन्त्रता संकुचित नगर्ने नीति तथा कानून निर्माण गरी प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिक अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्नसंघीय, प्रदेश र स्थानीय सरकारहरुलाई सचेत गराउनुका साथै मुलुकी फौजदारी तथा देवानी संहिता, गोपनियताको हक सम्वन्धी कानुनमाभएका प्रेस स्वतन्त्रताका विरुद्ध हुने प्रावधानहरु खारेज गर्न माग गरेको छ ।

३. नेपाल सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरे पनि अधिकांश सञ्चार गृहहरुले त्यसलाई पालना नगरेको देखिएकाले घोषित सेवा सुविधा अविलम्ब उपलब्ध गराउन तथा श्रमजिवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि जारी रहेको दबावमूलक कार्यक्रमहरुलाई थप सशक्त आन्दोलनका रुपमा निरन्तरता दिने घोषणा गर्दै सम्बन्धित निकायलाई यसप्रति थप जिम्मेवार हुन आव्हान गरेको छ ।

४. अनलाइन सञ्चार माध्यमलाई नियमन गदैं अनलाइन सञ्चार माध्यममा प्रकासित समाचारको विषयमा परेका उजुरी तथा गुनासा सम्वन्धमा समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७/४८ अनुसार प्रहरीवाटै कारबाही गर्ने गरेको प्रति आपत्ती जनाउँदै नियमनकारी निकाय प्रेस काउन्सिल मार्फत नै आवश्यक प्रक्रिया अगाडि बढाउन तथा ऐनको सो दफा खारेज गर्न माग गरेको छ ।

५. नयाँ संरचना आइसकेपछि केन्द्रदेखि स्थानीय तहसम्म सञ्चार नीति तथा कानूनहरुका विषयमा विवाद देखिएकाले संघ, प्रदेश तथा स्थानीय तहका सञ्चार नीति तथा कानूनहरु प्रेस मैत्रिहुने गरी एकरुपता कायम गर्न तीनै तहका सरकारहरुलाई आपसी समन्वय लागी आग्रह गरेको छ ।

६. नेपाल सरकारद्वारा विभिन्न समयमा घोषणा गरिएका विभिन्न सामाजिक सुरक्षा कार्यक्रमहरुलाई तत्काल कार्यान्वयन गर्न यो बैठक नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै प्रेस काउन्सिल नेपालको पुनर्संरचना गरी प्रदेश स्तरमा समेत स्थापना गर्न र वर्गीकरण र नियमनका काम प्रदेशस्तरमा नै गर्नका लागि माग गरेको छ ।

७. आम सञ्चार माध्यम र पत्रकार सम्बद्ध संघसंस्थालाई महिला, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता, अल्पसंख्यक, पिछडावर्ग लगायतलाई पूर्ण समावेशी बनाउनर नीति निर्माणसाथै संस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्न सञ्चार गृह तथा संस्थाहरुसँगको सहकार्यमा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ ।

८. विगतमा भएका विभिन्न अधिवेशन, साधारणसभा तथा भेलाहरु तथा यहि पुस ४ र ५ गते विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनको दिशानिर्देश अनुरुप नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमा गर्ने र त्यस अुरुप विधान संशोधनका लागि विधान संशोधन समिति गठन गर्ने निर्णय गरेको छ ।

९. पत्रकारको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि आवश्यक तालिम, अध्ययन–अनुसन्धानका लागि केन्द्रीय तथा प्रदेशस्तरीय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न पहल गर्ने निर्णय गर्नुका साथैै सम्वन्धित सचारग्ृहरुलाई नियमित रुपमा आफ्ना गृहमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रमहरु सञ्चालन कार्यविधि निर्माण गरी कार्यान्यवन गर्न आव्हान गर्दछ ।

१०. नेपाल पत्रकार महासंघमा हाल कायम रहेका सदस्यहरुमध्ये पत्रकारितामा निस्क्रिय रहेका तथा पेशा परिवर्तन गरेकाहरुलाई सम्मानजनक रुपमा बिदाई गर्नका लागि निर्देशिका तयार गरी जिल्ला, एशिसोसिएट तथा प्रतिष्ठान शाखा र प्रदेश समितिहरु मार्फत सुद्धिकरण गर्ने निर्णय गरेको छ ।

११. नेपाल पत्रकार महासंघ प्रदेश समितिहरुको काम, कर्तव्य र अधिकार स्पष्ट हुने गरी निर्माण गरिएको कार्यविधिलाई राष्ट्रिय सम्मेलनको भावना अनुरुप अन्तिम रुप दिई लागु गर्ने निर्णय गरेको छ ।

१२ साना लगानीका र स्वरोजगारमुलक सञ्चार माध्यमलाई संरक्षण गर्न लोककल्याणकारी विज्ञापनको रकम वृद्धि र समानुपानिक विज्ञापन नीति लागू गर्नसम्बन्धित पक्षसँग माग गर्दछ ।
१३. नेपाल पत्रकार महासंघको प्रदेश समिति, जिल्ला तथा प्रतिष्ठान शाखा तथा एशोसिएट संस्थाहरुलाई वार्षिक रुपमा अनिवार्य लेखा परीक्षण गरी आर्थिक हिसाव चुस्त दुरुस्त राख्न र सोको जानकारी केन्द्रीय कार्यालयमा पठाउनसम्बन्धित शाखा तथा समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

१४. धनकुटा जिल्लालाई अग्र्यानिक कृषि, पर्यावरणीय तथापर्यटन गन्तव्यका रुपमा विकास गर्दै यसको महत्व बढाउन सम्बन्धित सबैमा अपील गर्दै यस कार्यमा सञ्चार क्षेत्रकातर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

१५. धनकुटा नगरपालिकामा अवस्थीत नमूना फोहर मैला प्रशोधन केन्द्रका बारेमा थप प्रचार प्रसार गरी देशभर यो उदाहरण अनुशरण गर्न प्रेरित गर्ने निर्णय गरेको छ । साथै केन्द्रलाई राष्ट्रिय प्रशोधन तालिम केन्द्रका रुपमा बिकास गर्न माग गर्दछ ।

१६. पुस ४ र ५ गते विराटनगरमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्न सहयोग गर्नेप्रदेश नं १ समिति, मोरङ्ग, सुनसरी, झापा,सिन्धुली,संखुवासभा, इलामजिल्ला शाखाहरुर सम्र्पुण सबैलाई धन्यवाद ज्ञापन गर्दछ ।

१७. यो बैठक सफल पार्न सहयोग गर्ने नेपाल पत्रकार महासंघ धनकुटा जिल्ला लगायत सम्पूर्ण संघ, संस्था तथा निकायहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

Facebook Comments