• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दर्दनाक दाङ दुर्घटनामा झरेका आँसु




सर्बप्रथम यो धर्तिमा बाच्ने अबसरबाट बंचित पारिएका दाङ्ग बस दुर्घटनाका मृतक सबैमा हार्दिक श्रद्धाञ्जली !घाइतेहरुमा शिघ्र स्वास्थ्यलाभको कामना!शोकाकुल परिवारमा गहिरो संबेदना!
एका बिहानै छोराले आशु झरेको साइन सहित मेसेज पठायो”बुवा! दिप शिखा स्कुलका दुइजना सरहरु पनि पर्नु भयो।

हाम्रो समय नमिल्ने हुनाले बिशेष काम पर्दा र मेरो उनको बिदा मिलेको दिन बाहेक अरुबेला हामी यसरी कहिलेइ पनि एकाबिहान कुरा गर्दैनौ।सामाचार त भाइ नरेन्द्र के सि ले गरेको अपडेट बाट हिजै थाहा पाइसकेको हो। दाङ्ग स्थित शहिद कृष्णसेन प्राबिधिक शिक्षालयको प्राणी बिज्ञान र बनस्पती बिज्ञान अन्तर्गत का बिध्यार्थी शिक्षक स्थलगत अध्ययन भ्रमण सम्पन्न गरि फर्किदै गर्दा दाङ्ग तुल्सिपुर नगरपालिका ३ पर्ने राम्री भन्ने ठाउमा गम्भिर दुर्घटना मा परि धेरै जनाको हताहती भएको ,धेरै घाइते भएको ,साझको समय हुनाले उदारमा समेत कठिनाइ भएको दुखद खबरहरु क्षण क्षण मा अपडेट भैरहेकाथिए।

सामाचार बाटै निकै मर्माहात भएको जिउ छोराको एकाबिहानैको त्यो मेसेजले बङ्ग फुलेर आयो।आफैलाइ परेको जस्तो आभास भयो। मेरा छोराका गुरुहरु सम्झिएं। छोराले गलो अबरुद्द पार्दै भन्दैथ्यो”कति माया गर्थे सरहरुले बुवा!”

मर्न लाको मान्छेलाइ पनि एकछिन पर्खिन भन्छ रे साहुको कामले। म त्यस्तै भक्कानिएको मन लिएर काम मा हिडें। काम मा त पुगेंं तर झनै मन उद्देलित भयो। ति कलकलाउदो जवानी र सुन्दर सपनी बोकेका बिध्यार्थी भाइबहिनिहरु सम्झिएं।भबिस्यको दरिलो भरोसा देखेका तिनका आमा बाबु सम्झिएं।काडाले कोर्दा कति दुख्छ। सानो अबरोधमा ठोक्किदा कति पिडा हुन्छ। त्यती क्षत बिक्षत हुनेगरी बज्जारिदा कति पिडा भयोहोला! घाइतेहरु को आर्तना कस्तो होला !

यावत कुराहरु ले मगज तरंगित बनाइदिए। निकै भाबुक्ता उर्लियो मन थामिदै थामिएन। आशु बरबर्ती झरे। म पेट दुखेको बहाना बनाएर शौचालय भित्र पसेर बेस्सरी रोएं। पिडा त मलाइ मात्र भएको थिएन। दाङ्गबाट भाइ नरेन्द्र के सिबाट रातभरी सुत्नै नसकेका,पिडा सहनै नसकेका स्टाटसहरु अपलोड भैरहेका थिए। उता भान्ज चुडामनिले भाइको होस नखुल्दा आफु पनि बेहिसी झै भएको बताइरहेका थिए। भैरहवाबाट सर पुर्न ओलि अफ्नो धाराबाहिक रचना निकाल्ने हिम्मत नभएको बताइरहनु भएको थियो।यस्तै कति जना संग कुरा भयो कसैको मन मा चयन थिएन। होस पनि कसरी जतिबेला पुरै दाङ्गको माटो शोकमा डुबेको छ। पुरै जुम्ला रोल्पा रुकुम देशै बिह्वल छ।

केहि दिन पहिले मेरै भतिज कहाली लाग्दो गाडी दुर्घटनाबाट भाग्यबस बाचेको हो।हाम्रै गाउघरमा अनगिन्ती दुर्घटना भैसकेका छन। देशै भरिका कुरा गरौ भने दिनकै यस्तै दुखद खबर सुन्नु पढ्नु हाम्रो बिबशता भैसक्यो।

मर्ने त मरेर गए। उनका आमा बुवालाइ खुशी र सुखी बनाउने, सुन्दर भबिस्य सजाउने सपनाहरु त राम्री को भिरबाट सिमलको बुवा सरि उडेर गए पनि भौतिक रुपमा अब उनलाइ दुख्दैन।तर उनको ठुलो भरोसा बोकेका उनका मातापिता कसरी समालिएलान!? के हालत बेहोरिरहेका होलान!? एउटा सन्तान प्रती कति अगाध माया हुन्छ आमा बुवाको?के त्यो क्षेत बिक्षेत लाश सहजै बुझेर सहजै जलाउन सक्लान ति आमा बुवा!?मलाइ यावत प्रश्नले दिनभर चयन दिएन। बिलकुल चयन दिएन।

अझै मर्नेको संख्या थपिदै थिए। अहिले सम्म २३जनाको ज्यान गैसकेको खबर अपडेट भैसकेको थियो। १२ जना घाइते। घाइते पनि चिन्ताजनक अबस्थामा। यिनै खबरहरुले आखा रसाइरहे।संगै काम गर्ने कोरियनलाइ आफ्नो देशको हालत सुनाउन मन लागेन। जिउ संचो नभको बहाना बनाएं।

यसपटक राज्यका सरोकारवाला सबैले राम्रो तदारुक्ता देखाएको खबर पनि पढियो। राज्य को नागरिक प्रतिको जिम्मेवारिबोधले थोरै सन्तोस त मिल्यो। तर एउटा कुरा अझै जोड्दार रुपमा भन्न मन छ। कहिले सम्म यसरी कहाली लाग्दा दिन बाच्ने नेपालिले?गाडी चढेर हिड्नै डर लाग्ने भो। बाइक लगेर निस्केको मान्छे घर नफर्के सम्म घरमा हुनेको मन घरमा हुदैन। सडक को गल्लिमा हिडिरका मान्छे त्यही गाडिले हान्दिन्छ।यो अबस्था कहिले सम्म?

हवाइ दुर्घटना हुदा तुरुन्त आयोग बन्छ। चाहे एक दुइ जना किन नमरुन ठुलो इस्यु बन्छ। तर गाडी दुर्घटनामा दर्जनौ मर्छन।दैनिक दुर्घटना हुन्छन तर पनि न आयोग बन्छ न कुनै सिस्टम फेरिन्छ!मर्यो, हदै गरे शोक बक्तब्य निकाल्यो सकियो।यस्तो गयर जिम्मेवारी प्रती हामी नागरिकले जोड्ले कराउनु आबश्यक छ।यद्यपि यसपटक सरकारी निकायले राम्रै तदारुक्ता देखाएको छ।

बिदेशमा जुनसुकै काम गर्दा पनि काम सुरु गर्नु अघि पुनर्ताजगी तालिम अनिबार्य हुन्छ। चाहे एक घन्टाको काम किन नहोस।उक्त कामको प्रकृती, त्यसमा हुन सक्ने जोखिम ,साबधानिका उपाय, सुरुक्षा सामाग्री कोप्रयोगआदिबारे१०/१५ मिनेटको प्रशिक्षण दिनै पर्छ।हुन त त्यसमा खासै नया कुरा हुदैनन। दिनकै गरिने कुरा नै दोहोरिन्छन। तर त्यो प्रत्यक दिन दिनै पर्छ। किनकी त्यसले मान्छेलाइ सचेत बनाउछ।तर हाम्रो देशमा यति ठुलो जनधन को क्षेत्ती हुदा पनि यातायात बिभागका केहि कर्मचारी पैसा खाएर लाइसेन्स बेच्न मरिहत्ते गर्छन। अनि बिचबिचमा driver लाइ पुनरताजगी तालिम दिने कुरा सिस्टम मा लागु गर्न कसैको ध्यान जादैन।

हुन त दुर्घटना चालक को ला पर्बाहिले मात्र हुन्छ भन्ने कुरा त भएन। तर अधिकांश दुर्घटना कुनै न कुनै लापर्बाहिले नै हुने गर्छन। जो बिचबिचमा पुनर्ताजगि नगरिदा दिमागले झटपट सम्झिन सक्दैन।

एउटा स्थाइ आयोग बनाएर लाइसेन्स चेक जाच गर्ने, सुरुक्षा संबन्धी तालिम संचालन गर्ने दुर्घटना हुन बित्तिक्कै स्थलगत अध्ययन गरि प्रतिबेदन तयार गर्ने र त्यसलाइ तदारुक्ताका साथ लागु गर्ने जस्ता काम गर्न सके पनि केहि हद सम्म दुर्घटना न्युन गर्न सकिन्थ्यो होला कि!यसमा यस्ता धेरै सुझाब त लेख्न सक्छु।

तर मेरा सुझाब कसले पढिदिने? जसले पढ्नुहुनेछ उहाहरुलाइ पढ्न मात्र झ्याउ। जसले सुन्नु पर्ने छ उहा सम्म पुग्दै नपुग्ने।त्यसैले धेरै लेख्नु भन्दा तपाइको आवाज कतै संबन्धित निकायमा पुग्छ भने आफुले जानेको सुझाब राख्नुस न है।

त्यसकारण अब हामी कति यस्ता दर्दनाक घटना सुन्दै पुर्पुरो मा हात राखेर रोइ राख्ने हो? सबै नागरिकले आ आफ्नो ठाउबाट सरकारलाइ घच्घच्याएर सुधारका काम गर्न तर्फ सचेत गराउने कि!
रुकुम त्रिवेणी, हालः दक्षिण कोरिया

Facebook Comments