• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्धका घाइते र सरकारबीच चार बुँदे सहमति




जनयुद्धका घाइते अपांग र सरकारबीच चार बुँदे सहमति भएको छ । गृहमन्त्रालयमा भएको वार्तामा सो सहमति भएको हो ।

गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते, अपांगहरुको उपचार तत्काल शुरु गर्ने र नेपाल मेडिकल बोर्डले देश बाहिर उपचार गर्न सिफारिस गरेकालाई पनि उपचारका लागि पहल गर्ने सहमति भएको छ ।

त्यस्तै घाइते अपांगहरुको अनसन र उपचारका क्रममा भएको खर्चको बिल भर्पाही सरकारले ब्यहोर्ने, घाइते अपांगका तर्फबाट राखिएका अन्य मागका सम्बन्धमा सिफारिस गर्न गृहमन्त्रालय, जनक्रान्तिका घाइते अपांग संघका प्रतिनिधि तथा कानूनी विज्ञ रहेको कार्यदल गठन गर्ने र तीन महिनाभित्र प्रतिवेदन तयार पार्ने सहमति भएको छ ।

यो सहमतिसँगै घाइते अपांगहरुको अनशन फिर्ता भएको छ ।

सहमतित्रमा आन्दोलनकारीको तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुर रोका, चन्द्रप्रकाश बिक र पार्वती पुन तथा सरकारको तर्फबाट गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

Facebook Comments