• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घाइतेको उपचारमा कुनै समस्या आउने छैनः मुख्यमन्त्री




मुख्यमन्त्री शंकर पोखरेल आज ट्रमा सेन्टर पुगेर दाङमा गत शुक्रबार भएको बस दुर्घटनाका घाइतेको अवस्था बारे जानकारी लिनु भएको छ ।

सो क्रममा उहाँले उपचारमा कुनै कमी आउन नदिने बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई शनिवार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । त्यहा उपचार गराइरहेका १२ मध्ये ६ जनाको उपचार भइरहेको ६ जनाको डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ ।

उपचार गराइरहेका मध्ये तीन जना आइसियुमा रहेका र दुई जनाको शल्यक्रियाको तयारी भएको लगायत घाइतेको उपचार बारे उपचारमा संलग्न डाक्टरले मुुख्यमन्त्रीलाई जानकारी गराएका थिए । तुलसीपुरको राम्रीमा भएको दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् ।

बस दुर्घटनाको छानवीन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी नरबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति समेत गठन भइसकेको छ ।

Facebook Comments