• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राम्री दुर्घटनाका घाइतेको पछिल्लो अवस्थाः ६ जना डिस्चार्ज, पाँच जना आइसियूमा




राम्री बस दुर्घटनामा परी घाइते भएका सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका १३ विद्यार्थीमध्ये ६ जना डिस्चार्ज भएका छन् भने पाँच जनालाई आइसियूमा राखिएको छ । बाँकी दुइ जना वीर अस्पतालको ट्रमा सेन्टरकै इमरजेन्सीमा राखिएको छ ।

घाइते जुम्लाकी हिमाली हमालको कोहलपुरबाटै डिस्चार्ज गरिएको थियो भने आज काठमाडौंमा थप पाँच जना डिस्चार्ज गरिएका छन् । यसरी डिस्चार्ज हुनेहरुमा अछाम मंगलसेनका विक्रम भण्डारी, जुम्ला चन्दननाथका कुसेन्द्र खत्री, रुकुम त्रिवेणीका प्रेमबहादुर खड्का, टीकापुर कैलालीकी समीक्षा रोकाय र चन्दननाथ जुम्लाकी बर्षा रोकाय रहेका छन् । उनीहरुमध्ये विक्रम भण्डारी आफन्तसँग बसेको र बाँकी चार जनालाई सिटिइभिटीको प्रशिक्षण केन्द्रको गेष्ट हाउसमा राखिएको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।

बाँकी घाइतेमध्ये जुम्ला चन्दननाथका जीवन भण्डारी, रुकुम सानीभेरीकी रेजिना पुन, रोल्पा परिवर्तन गाउँपालिकाका प्रकाश ओली र दाङ बंगलाचुलीकी मेनुका रिजाललाई ट्रमा सेन्टरको आइसियूमा राखिएको छ भने अछाम मंगलसेनका युवराज ढुंगानालाई शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा राखिएको छ ।

त्यस्तै रुकुम सानीभेरीका राजन डाँगी र अछाम मंगलसेनका भद्र बिष्टलाई ट्रमा सेन्टरको इमरजेन्सीमा राखेर उपचार भइरहेको गौतमले जानकारी दिनुभयो । घाइतेहरुको उपचारको अवस्थालाई सिटिइभिटी र शिक्षा मन्त्रालय प्राथमिकताका हेरेको जानकारी दिंदै उहाँले उपचारमा कुनै समस्या नआउने बताउनुभयो ।

अर्का घाइते गाडी स्टाफ दाङको सञ्जय खनालको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

गत शुक्रवार सल्यानको कपुरकोट मूलपानीमा अध्ययन अवलोकन गरी फर्कने बेला दाङको सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयका शिक्षक विद्यार्थी चढेको गाडी राम्रीमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

Facebook Comments