• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बस दुर्घटनाको छानबिन गर्न समिति गठन




दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा भएको बस दुर्घटनाका बिषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।

प्रदेश नम्बर ५ का बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहनुभएको छ ।

समितिले दुर्घटनाको कारण पत्ता लगाई प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराउने समितिका सदस्य पुष्प मल्लले जानकारी दिनुभयो । यस अघि पनि सो क्षेत्रमा दुईवटा सवारी साधन दुर्घटना भएको भन्दै यथार्थ कारण पत्ता लगाउने र दूर्घटना न्यूनिकरणका लागि काम थालिने गरि सुझाब दिईने छ ।

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा अस्ती बेलुका कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालय घोराही १७ गैरागाउँका बिद्यार्थी तथा शिक्षक चढेको नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु र १४ जना घाईते भएका थिए ।

Facebook Comments