• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिथोलिएको मन, सम्हालिदै गरेको देश




हिजोदेखि मन पूरै बिथोलिएको छ ।

सम्हालिन अझै केही दिन लाग्नसक्छ । यसपटक दुर्घटनाको उद्धार र उपचारमा सरकारले देखाएको तदारुकताले भने देशमा सरकार छ, हामी एक्लै छैनौं भन्ने बोध चाही गराएको छ ।

राति ११ बजेसम्म जाडोमा कठ्यांग्रिदै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घटनास्थलमा उद्धारको नेतृत्व गरिरहनुभएको थियो ।

उहाँसँग मेरो प्रत्यक्ष भेटघाट भएको छैन तर क्षणक्षणको सूचना उपलब्ध गराउने उहाँको सूचनामैत्री संस्कार निकै मन पर्यो । उद्धारपछि टेलिफोन नै गरेर घटना विवरण टिपाइदिनुभयो ।

भर्खरे खुलेको कलेज भएकाले प्रिन्सिपलको भूमिका सिटिइभिटीका क्षेत्रीय प्रमुख यादव सुवेदीले नै गरिरहनुभएको छ ।

उहाँ पनि घटनालगत्तै राम्री पुगेर राति अबेरसम्म घटनास्थलमै खट्नुभयो ।

मुख्यमन्त्री शंकर पोख्रेल पार्टी बैठकका सिलसिलामा काठमाडौंमा रहेकाले पनि संघीय सरकारसँग समन्वय गर्न, उद्धार र उपचारको समन्वय गर्न थप सहज भयो ।

उहाँले यसपटक जमेरै अभिभावकत्व लिनुभयो ।

सभामुख कृष्णबहादुर महरा रोल्पा हुनुहुँदो रहेछ तर राति अबेरसम्म स्वकीय सचिवालयलाई सक्रिय बनाएर उद्धार र उपचारको समन्वयमा खटाइरहनुभयो ।

मन्त्रिपरिषद्को बैठकमा बसिरहेका बेला प्रमुख सल्लाहकार जीवन गौतमबाट दुर्घटनाको सूचना एसएमएसमार्फत पाउनुभएका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले प्रधानमन्त्रीलाई घटनाको जानकारी गराउनुका साथै सिटिइभिटीका पदाधिकारीलाई उद्धार र उपचारको सम्पूर्ण ब्यवस्था मिलाउन तत्काल निर्देशन दिनुभयो र शनिवार आकस्मिक बैठकलगायत दिनभरि यही काममा खटिरहनुभयो ।

यो कलेजका सूत्राधार जीवन गौतमको त अझ घटनापछि मन पूरै बिथोलिएको छ र रातदिन नभनी लागिरहनुभयो । दाङमै अध्ययन गरेका रुकुमपूर्व निवासी प्रिय भाइ लोकेन्द्र केसी रक्षामन्त्रीको प्रेस सल्लाहकार भएकाले पनि रक्षामार्फत सेनासँग समन्वय गर्न र हेलिकोप्टर परिचालन गर्न थप सहज बन्यो ।

राति नै हेलिकोप्टर ल्याउन पहल नभएको होइन तर सेनाको एउटा मात्र नाइटभिजन हेलिकोप्टर रहेको र त्यो पनि युद्धकालपछि बिग्रिएकाले राति हेलिकोप्टर ल्याउन संभव भएन ।

कतिपय मेरा आफन्त नै घाइते भएकाले पनि घाइतेका आफन्तसँग समन्वय गर्ने र त्यसलाई सरकारी अधिकारीसँग पु¥याउन तारन्तार फोन गर्नुपर्ने अवस्था थियो तर सबैको फोन पहिलो घण्टीमै उठ्यो ।

कर्णाली प्रदेश सरकारले पनि नागरिकप्रतिको दायित्व बहन गर्दै शवहरु हेलिकोप्टरबाट लगेको छ ।

यसपटक जे भए पनि सरकारी तदारुकताले मनमा सन्तोष पलाएको छ । यो सानो शुरुवात हो तर सरकारी तदारुकता निकै महत्वपूर्ण छ । यसरी नै सरकार प्रभावकारीरुपमा अघि बढ्ने हो भने देशमा विस्तारी प्रणालीको विकास हुने र राज्यप्रति आशा बढ्ने कुरामा दुइमत छैन ।

अझै पनि गृह र यातायात मन्त्रालयले एउटा समिति बनाएर प्राविधिक पाटोको छानवीन गरिदिए हुन्थ्यो कि भन्ने लागेको छ । सडक चौडा बनाउने, ट्राफिक सचेतना बनाउने, गाडीलाई मजबुती अवस्थामा राख्नेजस्ता दीर्घकालीन एजेण्डामा त हामी निरन्तर बहस गर्ने नै छौं ।

Facebook Comments