• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घाइते विद्यार्थी भेट्न शिक्षामन्त्री ट्रमामा




शुक्रबार दाङमा बस दुर्घटनामा परेर घाईते भई काठमाण्डौं ल्याईएका शिक्षक बिद्यार्थीहरुलाई शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
उपचारको लागी हेलिकप्टर मार्फत राष्ट्रिय ट्रमा सेन्टरमा ल्याईएका घाईतेहरुलाई भेट्न मन्त्री पोखरेल अस्पताल पुग्नुभएको हो । मन्त्री पोखरेलले घाईतेहरुको उपचारमा कुनैं कमि हुन नदिन चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । उहाँले घाईतेहरुको उपचारमा सरकारले बिषेश ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उपचारमा संम्लग्न विज्ञ, चिकित्सक र अस्पताल व्यवस्थापनलाई घाईतेहरुको उपचारमा गम्भिर हुन र उपचारमा कुनैं कसर बाँकी नराखी उपचार गर्न मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ ।
शुक्रबार साँझ सहिद कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्यूट, घोराही, दाङका शिक्षक र विद्यार्थी सवार बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ठूलो मानवीय क्षति भएको छ ।

यसैंबिच मन्त्री पोखरेलले आज एक बिज्ञप्ती जारी गर्दै घटनाप्रती गहिरो दुःख व्यक्त गर्नुभएको छ । भविष्यका कर्णधार एवम् कर्मठ युवाहरूको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । मन्त्री पोखरेलले जारी गर्नुभएको बिज्ञप्तीमा उल्लेख छ ः यस दुःखद घडीमा दुर्घटनामा परी ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँले दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
मन्त्री पोखरेलले हिजो साँझ बसेको मन्त्री परिषद् बैंठकमा घटनाबारे जानकारी गराईसक्नु भएको छ ।

सिटिईभिटीले शोक मनाउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले एक दिन शोक मनाउने भएको छ । घटनापछी आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको आकस्मिक बैंठकले दाङ घटनाप्रती गहिरो दुःख व्यक्त गर्दै भोली १ दिन परिषदका आंगिक, साझेदारी, प्रााविधिक शिक्षा संचालन गर्ने सामुदायिक विद्यालयहरु तथा निजी शिक्षालयहरुमा श्रद्धाञ्जली कार्यव्रmम आयोजना गर्ने निर्णय गरेको छ ।

बैंठकपछी जारी बिज्ञप्तीमा दुर्घटनावाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्लाई अपुरणीय क्षति पुगेको उल्लेख छ । बैंठकले दुर्घटनामा मृत्यु भएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । साथैं दुर्घटनामा परी घाईते भएका सम्पुर्ण प्रशिक्षार्थीहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बैंठकले आर्थिक सहायताको व्यवस्था गर्न र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिनुभयो ।

Facebook Comments