• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा रुकुमपश्चिमले दियो श्रद्धाञ्जली, सरकारबाट उपचारको ब्यवस्था मिलाउन माग




नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुम पश्चिमले ले दाङ तुलसीपुरकाे राम्रीमा भएकाे बस दुर्घटनाप्रती दु:ख व्यक्त गरेकाे छ ।

नेकपा जिल्ला संयाेजक महेन्द्र केसीले शाेक वक्तव्य जारी गरी बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्नुभएकाे छ । सल्यान कपुरकाेट स्थित वनस्पति उधानकाे अवलाेकन गरि फर्कने क्रममा भएकाे बस दुर्घटनामन २३ जनाकाे मृत्यु भएकाे छ भने १४ जना घाइते भएका छन् ।

`बस दुर्घटनाकाे कारण प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षककाे मृत्युले देशमा उत्पादन हुँदै गरेकाे प्राविधिक जनशक्ति र तयार भैसकेकाे ठूलाे जनशक्ति गुमेकाेप्रति हाम्राे दु:ख प्रकट गर्दछ, शाेक वक्तव्यमा भनिएकाे छ, यश दु:खद घडीमा हाम्राे पार्टी मृतकप्रति श्रद्धाञ्जली, घाइतेहरुकाे स्वास्थ्यलाभकाे साथै शाेकाकुल परिवनरजनमा गहिराे समवेदना प्रकट गर्दछ´ भनिएकाे छ । शाेक वक्तव्यमा मृतकका परिवारलाई उचित क्षतिपूर्ति, छाेराछाेरीकाे पठनपाठनकाे प्रबन्ध गरिदिन सरकारसँग माग गरेकाे छ ।

दुर्घटनामा परी विभिन्न अस्पतालहरुमा उपचाररत घाइतेकाे उपरचारमा कुनै कमि नगर्न र सम्पूर्ण उपचारमा सतप्रतिशत छुट गर्न पनि सरकारसँग माग गरिएको छ ।

Facebook Comments