• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
१२ घाइतेलाई हेलिकप्टरबाट लगियो, टुडीखेलमा झारेर वीरको ट्रमामा लगिने




दाङ दुर्घटनाका १२ जना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

सबैभन्दा गम्भीर रोल्पाको परिवर्तन गाउँपालिका ४ का प्रकाश ओलीसहित १२ गम्भीर घाइतेलाई काठमाडौं लगिएको हो । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई लगिएको छ ।

उनीहरुसँग ४ जना आफन्त, एक चिकित्सक र एक नर्ससमेत गएका छन् । घाइतेहरुलाई विमानस्थल नलगी सोझै सैनिक मञ्च टुडीखेलमा झारेर वीर अस्पतालको ट्रमा सेन्टर लगिने रक्षामन्त्रीका प्रेस सल्लाहकार लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

उनीहरुको उपचार खर्च सबै सरकारले ब्यहोर्ने प्रक्रिया अघि बढाइएको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।

घाइतेलाई हेलिकप्टरबाट लैजान सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललगायतले पहल गर्नुभएको थियो ।

Facebook Comments