• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गम्भीर घाइतेलाइ हेलिकोप्टरबाट काठमाडौं लगिदै




दाङ दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगिदैछ ।

मुख्यमन्त्री शंकर पोख्रेलको समन्वयमा हेलिकोप्टरबाट उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर कोहलपुरका लागि उडिसकेको रक्षामन्त्रीका प्रेस सल्लाहकार लोकेन्द्र केसीले जानकारी दिनुभयो ।
उहाँले १७ जनासम्म हेलिकोप्टरमा अट्नसक्ने उल्लेख गर्दै कोहलपुर अस्पतालले रिफर गरे जति सबैलाई काठमाडौं लैजाने रक्षा मन्त्रालयबाट निर्देशन भएको जानकारी दिनुभयो ।
शिक्षामन्त्रीद्वारा दुःख व्यक्त
यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ– सहिद कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्यूट, घोराही, दाङका शिक्षक र विद्यार्थी सवार बस तुलसीपुर उपमहानगरपालिका वडा नं ३ राम्री भन्ने स्थानमा दुर्घटनाग्रसत हुँदा ठूलो मानवीय क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु ।
भविष्यका कर्णधार एवम् कर्मठ युवाहरूको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । यस दुःखद घडीमा दुर्घटनामा परी ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

Facebook Comments