• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बस दुर्घटनामा मृत्युहुनेको संख्या २३, १२ जनाको सनाखत




दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा हिजो बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । कृष्णसेन ईच्छुक पोलिटेक्निकल इनिष्टिच्यूडका विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस राम्रीमा दुर्घटना हुदा मृत्युभएको संख्या २३ पुगेको छ भने १४ जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्युभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्युभएका मध्य १२ जनाको सनाखत भएको छ । जस्मा बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का मदन खत्री क्षेत्र, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वलीको मृत्युभएको छ ।

त्यसैगरी, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय बबिता खत्री, दंगिशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ, जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ बर्षिया कुशुम रावल, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षिय खेमराज भट्टको दुर्घटनामा परि मृत्युभएको छ ।

त्यसैगरी, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ बर्षिय हिम्मत बोहरा, जुम्ला कन्कासुन्दरी गाउँपालिका ५ घरभएका २० बर्षिय विरेन्द्र कन्डरा र जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ बर्षिया शैलजा शाहीको पनि दुर्घटनामा परेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्घटनामा परि गम्भिर घाईतेहरुको कोहलपुर र नेपालगञ्जमा उपचार भैरहेको छ । बसका ३३ विद्यार्थी, २ शिक्षक र बसका २ जना स्टाप गरि ३७ जना रहेको बुझिएको छ । दुर्घटनाको एकीन कारण भने खुल्न सकेको छैन् ।।

Facebook Comments