• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्घटनामा ज्यान गुमाउने दुइ शिक्षकसहित संख्या २२, पाँचको पहिचान




घोराहीबाट सल्यानको कपुरकोटमा अध्ययन भ्रमण गरी फर्कदै गरेका विद्यार्थी र शिक्षक चढेको गाडी कपुरकोट–तुलसीपुर खण्डको राम्रीनजिक दुर्घटना पर्दा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । जसमा १८ पुरुष र ४ महिला रहेका छन् ।

ज्यान गुमाउनेहरुमा शिक्षकद्वय नरेश ओली र प्रदीप घिमिरे हुनुहुन्छ । रुकुमपूर्वको भूमे गाउँपालिका ६ तामारी घर भएका २८ बर्षीय ओली र घोराही १७ का २८ बर्षीय घिमिरेको निधन भएको प्रहरीले पुष्टि गरेको छ । ज्यान गुमाउने शिक्षक दुबै जना महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा पनि अध्यापन गर्नुहुन्थ्यो ।

त्यस्तै विद्यार्थी घोराही १४ का १७ बर्षीय बिजय जीएमको पनि निधन भएको छ । उहाँ राजमोका नेता रामबहादुर जीएमका छोरा हुनुहुन्छ । त्यस्तै चालक घोराही ३ का ३२ बर्षीय मदन केसीको निधन भएको छ । त्यस्तै दंगीशरण १ का ३० बर्षीय सञ्जीव रत्गैयाको पहिचान खुलेको छ ।

त्यस्तै १५ जना घाइते भएका छन् । जसमा ४ पुरुष र ११ महिला रहेका छने । घाइतेहरुको कोहलपुर शिक्षण अस्पताल बाँकेमा उपचार भइरहेको छ ।
ज्यान गुमाउनहरुमध्ये पाँच जनाको पहिचान भएको छ । जसमा दुइ शिक्षक पनि छन् ।

तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राति साढे १२ बजेसम्म उद्धार गरिएको थियो । यही बर्षदेखि सञ्चालनमा आएको घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक विद्यार्थी चढेको गाडी दुर्घटनामा परेको हो ।

यही बर्ष सिटिइभिटीको आंगिक कलेजको रुपमा स्थापना भएको यो शिक्षालय घोराही १७ गैरागाउँमा सञ्चालनमा थियो ।

वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि कपुरकोट गएका थिए ।

अपरान्ह ४ः५० मा दुर्घटना भएको हो ।

गाडी सडकबाट ६ सय मिटर तल खसेको छ ।

दुर्घटनामा घाइतेको विबरणः-
१. जिल्ला रुकुम सानीभेरी गा.पा. ३ बस्ने बर्ष १६ की रोजिना पुन, टाउकोमा चोट अबस्था सिरियस,
२. जिल्ला दाङ बंगलाचुली गा.पा. १ बस्ने बर्ष १६ की मनिका रिजाल, टाउकोमा चोट अबस्था सिरियस,
३. जिल्ला जुम्ला चन्दननाथ गा.पा. ७ बस्ने बर्ष १७ को कुसेन्द्र खत्री टाउको र पेटमा चोट अबस्था सिरियस,
४. जिल्ला अछाम मंलगसेन न.पा. ५ बस्ने बर्ष १८ को यूवराज ढुंगाना, टाउको र खुट्टामा चोट अवस्था सिरियस,
५. जिल्ला अछाम मंगलसेन नगरपालिका ६ बस्ने बर्ष १८ को बिक्रम भण्डारी,टाउकोमा चोट अबस्था सिरियस,
६. जिल्ला रुकुम त्रिबेणी गा.पा.३ बस्ने बर्ष १६ को प्रेम बहादुर खड्का,टाउकोमा चोट अबस्था सिरिय,
७. जिल्ला दाङ घोउमनपा १४ बस्ने बर्ष १८ को संजय खनाल, टाउकोमा चोट अबस्था सिरियस (सह चालक २०७५।०९।०७ गते विहान ०६.०० बजे थप उपचारको लागी नर्सिङ होम नेपालगंज रिफर),
८. जिल्ला हुम्ला घर भएको बर्ष २०/२२ को बिरेन्द्र बटाला,टाउकोमा चोट अबस्था सिरियस,
९. जिल्ला रुकुम सानिभेरी गा.पा. १० अर्मा बस्ने बर्ष १६ को राजन डागी , बाँया खुट्टा भाँचिएको अबस्था सिरियस,
१०. जिल्ला रोल्पा परीवर्तन गा.पा. ४ बर्ष १७ को प्रकाश वली,टाउकोमा चोट अबस्था सिरियस,
११. जिल्ला जुम्ला चन्दननाथ न.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी,टाउकोमा चोट अबस्था सिरियस,
१२. जिल्ला जुम्ला चन्दननाथ गा.पा. ७ बस्ने बर्ष १५ की बर्सा रोकाया, मुख रढाडमा चोट अबस्था सामान्य,
१३. जिल्ला जुम्ला चन्दननाथ न.पा. २ बस्ने बर्ष १६ को भद्र बिष्ट, खुट्टामा चोट अबस्था बोल्न सक्ने,
१४. जिल्ला कैलाली टिकापुर न.पा. ८ बस्ने बर्ष १७ की समिक्षा रोकाया, टाउको र घाँटीमा चोट बोल्न सक्ने (दाङ मामा घर),
१५. जिल्ला जुम्ला तातोपानी गा.पा.४ बस्ने बर्ष १८ कि हिमाली हमाल, घुडा र ढाडमा चोट अबस्था

Facebook Comments