• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा विद्यार्थी चढेको गाडी दुर्घटना, १६ जनाको मृत्यु




घोराहीबाट सल्यानको कपुरकोटमा अध्ययन भ्रमण गरी फर्कदै गरेका विद्यार्थी र शिक्षक चढेको गाडी कपुरकोट–तुलसीपुर खण्डको राम्रीनजिक भीषण दुर्घटनामा परेको छ ।

दुर्घटनामा ३ महिला र १३ पुरुषसहित १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अपरान्ह ४ः५० मा दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रनाउ प्रेम शाहीको नेतृत्वमा तुलसीपुर र घोराहीबाट प्रहरी घटनास्थल पुगेको छ ।


साँझ परेकाले उद्दारमा समस्या परेको छ । गाडीमा ९ महिला र २१ पुरुष रहेको इकाला प्रहरी कार्यालय कपुरकोटले जनाएको छ । गाडी सडकबाट ६ सय मिटर तल खसेको छ ।

यही बर्षदेखि सञ्चालनमा आएको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको गाडी दुर्घटनामा परेको प्रिन्सिपल यादव सुवेदीले जानकारी दिनुभएको छ ।

यही बर्ष सिटिइभिटीको आंगिक कलेजको रुपमा स्थापना भएको यो शिक्षालय घोराही १७ गैरागाउँमा सञ्चालनमा थियो ।

वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि आज कपुरकोट गएका थिए ।

Facebook Comments