• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती क्लब घोराहीले चुम्यो नवलपुर कप




मंसिर २७ देखि पुस ६ गतेसम्म चलेको केशरसंहि श्रेष्ठस्मृति आमन्त्रणकप फूटबल प्रतियोगिता २०७५ नवलपुर कपको उपाधि राप्ती क्लब घोराहीले हात पारेको छ ।

आज भएको खेलमा न्यूस्टार फूटबल एकेडेमी घोराहीलाई ट्राइबेकरमा हराएर राप्ती क्लब विजयी भएको हो ।

खेल अवधिभर एक एक गोल गरेका दुबै टोलीबीच पेनाल्टी सुटआउट गराइएको थियो । जसमा राप्तीले ३ गोल गर्यो भने न्यूस्टारले कुनै गोल गर्न सकेन ।

प्रतियोगिता जितेसँगै राप्ती क्लबले कप र नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने न्यूस्टारले २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गरेको छ ।

खेलमा रोल्पाको सनस्टार र दाङका ७ क्लबले भाग लिएका थिए ।
बिजयी खेलाडीलाई अखिल नेपाल फूटबल संघ (एन्फा)का उपाध्यक्ष उपेन्द्रमान सिंह र खेल क्षेत्रका अगुवा नारायणसिंह गुरुङले पुरस्कार तथा कप प्रदान गर्नुभएको थियो ।

नवलपुर युवा क्लब घोराही १८ नवलपुरले आफैले निर्माण गरेको नवलपुर मैदानमा खेल आयोजना गरेको हो ।

खेलका लागि केशरसिंह श्रेष्ठका नाति अष्ट्रेलिया निवासी सुवास श्रेष्ठले ५ लाख सहयोग गर्नुभएको थियो भने अन्य विभिन्न क्षेत्रबाट पनि सहयोग भएको थियो ।

Facebook Comments